पुर्व मन्त्री लेखकले पूरागर्दै चुनावि प्रतिबद्वता, ल्याए दाेधारा-चाँदनिमा शर्पदंश उपचार केन्द्र

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सोमबार अनुमति दिएको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक तथा कञ्चनपुर क्षेत्र नंं. ३ का साँसद रमेश लेखकको पहलमा दोधारा चाँदनीले सर्पदंश उपचार केन्द्रको लागि अनुमति पाएको छ।

चुनावमा लेखकले दोधारा चाँदनीमा सर्पदंशको उपचार केन्द्र स्थापना गर्ने प्रतिवद्धता जनाएका थिए। सर्पदंशको उपचारको लागि अनुमति पाएसँगै लेखकले बिहीबार स्वास्थ्य केन्द्रमा कार्यक्रम राखेर सो बारेमा बताएका थिए।

योसँगै दोधारा प्राथमिक स्वास्थ्य केन्द्रमा अब सर्पदंशका बिरामीको उपचार हुने भएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई वि.सं. २०८३ चैत १९ गतेसम्मका लागि सर्पदंश उपचार केन्द्रका लागि अनुमति दिएको छ ।

महाशाखाले प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्रलाई सर्पदशंका बिरामीको उपचारका प्रयोग गरिने एन्टी स्नेक भेनम उपलब्ध गराउन पत्राचार पनि गरेको छ ।

सर्पदंशको उपचारका लागि सम्पूर्ण तयारी पूरा भएको दोधारा प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ । अहिले प्राथमिक स्वास्थ्य केन्द्रमा चार जना मेडिकल अफिसर छन् । तीमध्ये एक जना सर्पदंशको उपचार तालिमप्राप्त जनशक्ति छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र एक भेन्टिलेटर जडित छ । महाकाली पारीको दोधारा चाँदनी नगरपालिकाका बासिन्दाको स्वास्थ्य सेवाका लागि वडा नं. ६ मा एक मात्रै प्राथमिक स्वास्थ्य केन्द्र छ ।

दोधारा चाँदनीका सर्पदंशका बिरामीले उपचारका लागि भारत तथा महेन्द्रनगरतर्फ आउनु पर्ने बाध्यता छ । सर्पदंश उपचार केन्द्र सञ्चालनमा आएपछि दोधारा चाँदनीका स्थानीय बासिन्दालाई सर्पदंशको उपचारका लागि अन्यत्र जानु पर्ने बाध्यता हट्ने नगर विश्वास लिइएको छ ।

दोधारा प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको अस्पतालको रुपमा विस्तार गर्ने तयारी भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *