दैजि-बेलडाँडी सडक खण्डमा माेटरसाईकल दुर्घटना हुदा एककाे मृत्यु २ जना घाईते

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- दैजी बेलडाँडी सडक खण्डमा मोटरसाईकल दुर्घटना भएकाे छ ।    दुर्घटनामा परि माेटर साईकलमा सवार चालक सहित ३ जना मध्ये १ जनाकाे मृत्यु भएकाे छ, भने अन्य दुई जना गम्भीर घाईते भएका छन् । दुर्घटना बडिनिखेडा आर्मी चेक पाेष्ट भन्दा १ किलाेमिटर जंगल तर्फ भएकाे जनाईएकाे छ ।

साेमबार दिउसाेकाे समयमा घटना भएकाे हाे । टेकराज भट्टले चलाएकाे सु.प .प्र. ०२- ००३- ४६७१ नम्बरकाे स्पेलेण्डर माेटरसाईकलमा सवार बेलडाँडीका स्थानिय ८ बर्षिय बालक इस्वाद ठकुरीको मृत्यु भएकाे जनाईएकाे छ ।

उनकाे महाकाली अस्पताल पुर्याउदा बाटाेमै मृत्यु भएको प्रहरीले जनाएको छ । माेटरसाईकल एक्कासि नहरमा गएपछि दुर्घटना भएकाे हाे ।

माेटर साईकल चलक भट्ट र सवार ८ बर्षिय अर्चना जोशी  भने गम्भिर घाइते भएका छन्  । जाेशि राैलेश्वर आदर्स जनता बहुमुखि म्याम्पस चिप प्रयागराज जाेशिका छाेरी हुन । उनी मामा घर महेन्द्रनगर जाँदै थिईन ।

घाइते भएका दुबैलाई अहिले धनगढी रेफर गरिएको अर्चनाका बुवा प्यागराज जाेशिले जानकारी दिनु भयाे  । उहाँका अनुसार दुवै जनाकाे  धनगढीकाे मया मेट्राेमा  अस्पतालमा उपचार भईरहेकाे बताए ।

माेटरसाईकल चालक भट्ट राैलेश्वर मावि बेलडाँडीका शिक्षक हुन । उनीसित बेलडाँडी चेक पोष्टबाट हिडेका अर्का शिक्षक अम्मर बहादुर शाहीको मोटरसाइकल बाटाेमै पेन्चर भएपछि उनी शीत सवार छाेरा ईस्वार ठकुरीलाई भट्टकाे माेटरसाईकलमा बसालेका थिए ।

घटना के कसरी भयाे भन्ने विस्तृत खुलेकाे छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *