रमेश प्रसाद भट्ट/ कञ्चनपुर- जिल्लाकाे बेलडाँडी-५ मामा घरबाट ३ दिन देखि हराएका नावालक विवेक पन्त अझै फेला पर्न सकेका छैनन ।
१७ गते बेलुका साझ साढे सात बजेकाे समयमा बेलडाँडी गाउँपालिका वडा नम्बर-५ मामा घर देखि बेपत्ता भएका नावालक पन्तकाे प्रहरीले खाेजि कार्य जारी राखेता पनि ३ दिन विति सक्दा समेत फेला पार्न नसकेकाे प्रहरीले जनाएकाे छ ।
बेलाैरी नगरपालिका-१० भुडा सडकघाट घरभएका मनाेज पन्तका छाेरा हुन विवेक। दुवै आमा छाेरा २ बर्ष देखि मामा घरमा बस्दै आएका थिए ।
प्रहरीलाई वालक हराएकाे सुचना पाउने बित्तिकै प्रहरी टाेलीले शुक्रबार साझ देखिनै खाेजतलास जारी राखेता पनि अहिले सम्म वालक फेला पार्न नसकिएकाे ईलाका प्रहरी कार्यालय बेलडाँडीका ईन्चार्ज प्रहरी निरिक्षक पुस्कर पन्तले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।
उनले भने “प्रहरीले सबै जसाे ठाउँमा खाेजतलास जारी राखेकाे बताउदै हामिले सूक्ष्म रूपबाट अनुसन्धान समेत थालेकाे बताए ।”
घर नजिकै रहेका पानिका तलाउमा पम्प सेटले पानि फालेर हेर्याे अन्य शंकास्पत स्थानमा पनि हेरिरहेका छाै, प्रहरी निरिक्षक पन्तले बताए ।
श्रीमान-श्रीमती विच राम्रो सम्बन्ध नरहेकाले दुवै अलग-अलग बस्दै आएका र उनिहरू विच सम्बन्ध विच्छेदकाे मुद्वा समेत चलिरहेकाे बताउदै आमा छाेरा मामा घरमा बस्दै आएकाे प्रहरी निरक्षक पन्तले बताउनु भयाे ।
“अहिले सम्म प्रहरीले सबै जसाे स्थानमा खाेजि कार्य गरेता पनि फेला पर्न नसकेपछि अब हामिले टेक्निकलि रूपमा अनुसन्धान अघि समेत बढाएकाे प्रहरी निरिक्षक पन्तले बताउनु भयाे ।”
उनले अगाडि भने `हामि सकेजति प्रयासमै छाै, आशा गराै घटनाबारे केही निचाेड निस्कन्छ ।´ प्रहरीले सुरक्षाका सबै सयन्त्र परिचलन गरेर सबै युनिटहरूमा खाेजिकाे लागि सुचना गर्दै खाजतलास र साेधपुछ कार्य गरिरहेकाे उहाँले जानकारी दिए ।
वालकका बुवा मनाेज पन्त र आमा सरस्वाति राेकायाले प्रेम विवाहा गरेका थिए । तर बिस्तारै ती दुवै विच सम्बन्धमा दरार आएपछि मुद्वा मामिला सम्म पुगेकाे देखिन्छ ।
त्यसैले वालक सहित आमा सरस्वति माईति घरमा बस्दै आएकि थिईन । तर एकाएक १७ गते साझ बालक हराएपछि दुवै पक्ष समेत अनुसन्धानकाे दायरामा परेका छन् ।
बेलडाँडी-५ का वडा अध्यक्ष ईन्द्र बहादुर खडकाका अनुसार घर छरछिमेक तिर साेधपुछ गर्दा कहि कतै सकैलाई थाहा नभएकाे बताउनु भयाे । उनले भने “हामी जनप्रतिनिधि पनि खाेजि कार्यमा लागेकाे बताउनु भयाे ।”
उहाँका अनुसार तिन दिन वितिसक्दा समेत फेला पर्न नसक्नुका पछाडि घटना केही गम्भीर हुन सक्ने बताए ।
वालक गहुँ गाेराे बर्ण, उचाई अन्दाजि ३ फिट, राताे हरियाे रंगकाे टिसर्ट,राताे टाउजर लगाएकाे , गालामा कालाे टिका लगाएकाे,बायाँ हातमा बालाे धागाे लगाएकाे छन् ।
काेहि कसैले देख्ने हुने वा फेला पर्नुहुने जाेसुकैले नजिककाे प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले अनुराेध गरेकाे छ ।

