रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाकाे बेलडाँडीबाट ३ बर्षिया नावालक विवेक पन्त बेपत्ता भएका छन् ।
शुक्रबार साझ साढे सात बजेकाे समयमा बेलडाँडी गाउँपालिका वडा नम्बर-५ मामा घर देखि ३ बर्षिया नावालक पन्त बेपत्ता भएकाे प्रहरीले जनाएकाे छ ।
बेलाैरी नगरपालिका-१० सडकघाट घरभएका मनाेज पन्तका छाेरा हुन । दुवै आमा छाेरा २ बर्ष देखि मामा घरमा बस्दै आएका थिए ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीका अनुसार वालक हराएकाे सुचना पाउने बित्तिकै प्रहरी टाेलीले शुक्रबार साझ देखिनै खाेजतलास जारी राखेकाे बताउनु भयाे ।
उहाँका अनुसार “हिजाे राति र अहिले विहान सम्म ईलाका प्रहरी कार्यालय बेलडाँडी, प्रहरी चाैकि झिलमिला र भुडाकाे टाेलि खाेजतलासमा खटिए पनि वालक सम्पर्कमा नआएकाे बताए ।”
श्रीमान श्रीमती विच राम्रो सम्बन्ध नरहेकाले दुवै अलग-अलग बस्दै आएका र उनिहरू विच सम्बन्ध विच्छेदकाे मुद्वा समेत चलिरहेकाे बताउदै आमा छाेरा मामा घरमा बस्दै आएकाे समेत प्रबक्ता डाँगीले बताउनु भयाे ।
प्रहरीले सबै युनिटहरूमा खाेजिकाे लागि सुचना गर्दै खाजतलास र साेधपुछ कार्य गरिरहेकाे जानकारी दिए ।
बेलडाँडी-५ का वडा अध्यक्ष ईन्द्र बहादुर खडकाका अनुसार घर छरछिमेक तिर साेधपुछ गर्दा कहि कतै सकैलाई थाहा नभएकाे बताउनु भयाे । उनले भने “हामी जनप्रतिनिधि पनि खाेजि कार्यमा लागेकाे बताउनु भयाे ।”
वालक गहुँ गाेराे बर्ण, उचाई अन्दाजि ३ फिट, राताे हरियाे रंगकाे टिसर्ट,राताे टाउजर लगाएकाे , गालामा कालाे टिका लगाएकाे,बायाँ हातमा बालाे धागाे लगाएकाे छन् ।
काेहि कसैले देख्ने हुने वा फेला पर्नुहुने जाेसुकैले नजिककाे प्रहरी कार्यालयमा खबर गरिदिन प्रहरीले अनुराेध गरेकाे छ ।

