भीमदत्तले कञ्चनपुर तीन राष्ट्रिय क्रिकेट खेलाडीलाई नगद सहित सम्मान गर्याे

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- भीमदत्त नगरपालिकाले क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । बिहीबार भीमदत्त नगरपालिकाले कार्यपालिकाको सभाकक्षमा भीमदत्त नगरपालिकामा स्थायी बसोबास भएका राष्ट्रिय खेलाडी दिपेन्द्र सिंह ऐरी, भीम सार्की र सन्दीप जोरालाई जनहि १ लाख ५१ हजार, सम्मानपत्र, खादा र पुष्प गुच्छा सहित अविर लगाएर सम्मान गरेको हो ।

सम्मान कार्यत्रमको सभापतित्व नगर प्रमुख पदम बोगटी रहेको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत याम नारायण गौली, जिल्ला क्रिकेट संघ कञ्चनपुरका जिल्ला अध्यक्ष तथा क्यानका केन्द्रिय सदस्य विरेन्द्र चन्द, भीमदत्त नगरपालिका खेलकुद विकास समिति अध्यक्ष शरद बहादुर चन्दलगायतको उपस्थिीत रहेको थियो ।

क्रिकेटबाट नेपाल र नेपालीलाई अन्तराष्ट्रिय जगतमा चिनाउन योगदान दिएको तिनै जना क्रिकेट खेलाडिलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा भीमदत्त नगरपालिकाले खेलकुदका लागि पनि बजेट विनियोजन गर्ने नगर प्रमुख पदम बोगटीले बताए ।

‘देश र टिमलाई योगदान गरेकोमा तपाईहरुलाई धन्यवाद छ,’ नगर प्रमुख बोगटीले भने ‘हामी नयाँ नयाँ आएका थियौ त्यसकारण खेलकुदमा बजेट छुट्याउन सकिएन, आगामी दिनमा नगरपालिकाको तर्फबाट खेलकुदका लागि आवश्यक बजेट छुट्याउछौ ।

नगर प्रमुख बोगटीले खेलकुदको महत्वपुर्ण गहना अनुसासन भएकाले अनुसासित भएर खेलकुद खेलेमा अवश्य पनि सफलता प्राप्त हुने बताए । उनले आगामी खेलकुद यात्राको समेत शुभकामना दिए ।

कार्यक्रममा स्वागत मन्तव्य राखेको प्रमुख कार्याकारी अधिकृत याम नारायण गौलीले खेलाडीहरुको प्रतिभालाई आर्थिक भ्याल्लुमा कन्भर्ट गर्न नसकिने भन्दै आगामी दिनमा पनि नयाँ -नयाँ प्रतिभा आउन भन्ने उदेश्यले प्रोत्साहन स्वरुप मायाको चिनो प्रदान गरिएको बताए ।

कार्यत्रमको सभापतित्व नगर प्रमुख पदम बोगटी रहेको उक्त कार्यक्रममा नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत याम नारायण गौली, जिल्ला क्रिकेट संघ कञ्चनपुरका जिल्ला अध्यक्ष तथा क्यानका केन्द्रिय सदस्य विरेन्द्र चन्द, भीमदत्त नगरपालिका खेलकुद विकास समिति अध्यक्ष शरद बहादुर चन्द लगायतको उपस्थिीत रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *