कञ्चनपुर-बेलौरीमा सशस्त्र प्रहरी नायव उपरीक्षक (डिएसपी) जनकराज पन्त हाजिर भएका छन् ।
सशस्त्र प्रहरी निरीक्षक रामराज खनाल थापा चौराहा, रमेशप्रसाद अवस्थी भुडा र खगेन्द्रप्रसाद ओझाले पचुईको नेतृत्व लिएका छन् ।
सीमा क्षेत्रमा हुने आपराधिक गतिविधी, चोरी तस्करी रोकथाम तथा नियन्त्रण गर्न बिओपीको नेतृत्व सम्हालेका उनीहरुलाई संघका पदाधिकारीहरुले स्वागत गर्दै शुभकामना व्यक्त गरेका थिए ।
यसैबिच महालक्ष्मी विकास बैङ्क, ग्लोवल आई.एम.ई बैङ्क र कुमारी बैङ्कका नवआगन्तुक शाखा प्रबन्धकहरुलाई समेत वाणिज्य संघले स्वागत गरेको थियो ।
कार्यक्रममा बेलौरी उद्योगवाणिज्य संघका पदाधिकारी, समाजसेवी, बुद्धिजिबी एवम् पत्रकारहरुको उपस्थिती रहेको थियो । वाणिज्य संघले बेलौरीमा नवआगन्तुक राष्ट्रसेवक कर्मचारीहरुलाई स्वागत गर्दै आएको छ ।

