“एमाले सत्ताबाट हटेपनि जनताकाे मनबाट हटेकाे छैन”: पुर्व मन्त्री भण्डारी

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेकपा एमालेका नेता एवं पुर्व मन्त्री दामाेदर भण्डारीले नेकपा एमाले सत्ताबाट हटेपनि जनताकाे मनबाट नहटेकाे बताउनु भएकाे छ । शनिबार जिल्लाकाे बेलडाँडी गाउँपालिकाकाे क्याम्प स्थित सिचाँई भवनमा आयोजित “मिसन ग्रास रूट” तथा अन्तरक्रिया र सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उहाँले यस्ताे कुरा बताउनु भएकाे हाे ।

उहाँले भने “देशकाे राजनैतिक अवस्थाकाे गठबन्धनबाट सरकारबाट एमाले बाहिर आएपनि जनताकाे मन मस्तिष्कमा सधै रहि रहेकाे बताउनु हुँदै एमाले देशमा जनताकाे पक्षमा रहेकाे बताउनु भएकाे छ । ”

यस्तै उनले सरकारकाे प्रतिपक्षकाे भुमिकालाई कडा रूपमा निभाउने र पुरै संसद एक्लै एमालले हल्लाउने समेत बताए । सरकारले अपराधिलाई उन्मुक्ति दिने किसिमका कुरामा एमालेकाे सहमत नरहने समेत बताए ।

जनताकाे पंतिलाई जाेडने गरि जनमुखि पार्टी आजको आवश्यकता रहेकाे बताउदै देशभर पार्टी भित्रका कुरालाई मेटाएर पार्टी अघि बढने कुरामा पार्टी दृढ रहेकाे समेत बताए ।

“हामी जनता प्रती उत्तरदायित्व रहेर जनताका हरेक सवालका मुद्वामा एक भएर अघि बढने कुरामा दुई मतनै नरहने बताउनु भयाे ।”

एमाले बेलडाँडीका अध्यक्ष लक्ष्मण सिंह भाटकाे अध्यक्ष रहेकाे कार्यक्रमका प्रमुख अतिथि एमाले केन्द्रीय सचिव एवं पुर्व मन्त्री लेखराज भट्ट रहनु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *