रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेपाली काँग्रेस निकट शिक्षक संङ बेलडाँडीकाे अध्यक्ष दिल बहादुर सिंह र सचिवमा दिपक भट्ट निर्वाचित भएका छन् । शनिबार बेलडाँडी गाउँपालिका स्तरिय अधिवेशनबाट दुई पद अध्यक्ष र सचिवका लागि निर्वाचनबाट अध्यक्षमा सिंह र सचिवमा भट्ट निर्वाचिथ भएका हुन ।
सिंहले आफ्ना निकटतम प्रतिस्पर्धि माेहन जाेशिलाई १८ मतले पछि पार्दै अध्यक्षमा निर्वाचित बनेका हुन । सिंहले ४६ र भट्टले २८ मत प्राप्त गरेका थिए ।
यस्तै सचिव पदमा भट्टले आफ्ना निकटतम प्रतिस्पर्धि दिर्घराज ओझालाई १ मतले पछि पार्दै सचिव पदमा भट्ट निर्वाचित बनेका हुन । भट्टले ३७ र ओझाले ३६ मत पाएका थिए ।
आज विहान ८ बजे देखि १२ बजे सम्म बेलडाँडी गाउँपालिका नजिक रहेका शैलेश्वरी आधारभुत विध्यालयमा मतदान प्रकृया भएकाे थियाे । जम्मा ८१ जना मतदाता रहेकाेमा ७७ मत मात्र खसेका थिए ।
अध्यक्षमा निर्वाचित सिंह बेलडाँडी-५ मा रहेका गणेश मावि भुर्षामा निमावि तहमा गणित, विज्ञान विषयका शिक्षक हुन । भने सचिवमा निर्वाचित भट्ट बेलडाँडी-२ मा रहेकाे राैलेश्वर माविमा निमावि तहका सामाजिक विषयका स्थाई शिक्षक हुन ।
अध्यक्ष र सचिव बाहेकका अन्य पदाधिकारी र सदस्यहरू यश अघि निर्विराेध रूपमा चयन भएका थिए ।
अध्यक्षमा निर्वाचित सिंह र सचिवमा निर्वाचित भट्टले शिक्षककाे हक हितमा लाग्ने प्रण गरेका छन् । शिक्षककाे आम पेशागत हकहित र शैक्षिक क्षेत्रमा देखिएका समस्या सामाधनका लागि लाग्ने अध्यक्ष सिंहकाे भनाई छ ।

