बेलडाँडीमा १५ शैय्या अस्पतालकाे प्रदेश सभा सदस्य विष्टले गरे शिलान्यास

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/ कञ्चनपुर-  जिल्लाकाे बेलडाँडी गाउँपालिकामा १५ शैय्या अस्पतालकाे प्रदेश सभा सदस्य दिवान सिंंह विष्टटले शिलान्यास गर्नु भएकाे छ । शुक्रबार बेलडाँडी स्थित १५ शैैय्या अस्पताल निर्माण स्थलमा आयोजित एक कार्यक्रमका माझ अस्पतालकाे कञ्चनपुर-१ `ख´ प्रदेश सभा सदस्य दिवान सिंह विष्टले शिलान्यास गर्नु भएकाे हाे ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिति समेत रहेका प्रदेश सभा सदस्य विष्टले निर्माण कम्पनीलाई ताेकिएकाे समय भित्र काम सक्न अनुराेध गर्नु भएकाे छ  ।

उनले भने “अस्पतालकाे निर्माण कार्यमा बजेटकाे अभाव हुन नदिन आफू लाग्ने बताउनु हुँदै स्तरिय निर्माणकाे काममा निर्माण कम्पनिले लाग्न अनुराेध गरे ।”

यस्तै उहाँले बेलडाँडीमा यस्तै खालका विकासि याेजना प्रदेश स्तरबाट समेत हाल्न पहल गर्ने बताए ।

उनले विकासका काममा सबै पक्षले हातेमालाे गरि अगाडि बढनु पर्ने समेत धारणा राख्नु भयाे  ।

निर्माणाधिन १५ शंय्या अस्पतालकाे यसै मंसिर ६ गते दुई बर्षमा सम्पन्न गर्ने गरि १६ कराेड ५१ लाख ६२ जार ५ सय ७७ रूपयाँमा  बंगलामुखि बैजनाथ जे.वि. संग ठेक्का सम्झाैता भई काम अघि बढेकाे बेलडाँडी गाउपालिकाका प्रमेख प्रशासकिय अधिकृत पदम राज जाेशिले बताउनु भयाे ।

गाउँपालिकाका प्रबक्ता गज बहादुर विष्टले भवन निर्माणकाे कामलाई जति सक्दा चाडाे सम्पन्न गर्ने गरि काम गर्न निर्माण कम्पनिलाई आग्रह गरे । उनले भने ” निर्माणका बेला कुनै कुराकाे कमि हुन नदिन गाउपालिकाबाट प्रयास रहने समेत बताए ।”

याे संग बेलडाँँडीमा १५ शंय्याकाे अस्पताल निर्माण भए पश्चात् यश क्षेत्रका जनतालाई स्वास्थ्य सेवा लिन सहज हुनेछ । अस्पताल निर्माणकाे काम अघि बढेपछि यहाका स्थानिय समेत हर्षित बनेका छन् ।

काम गर्ने शिलसिलामा समयमै बजेट प्रााप्त भए काम ताेकिएकै समयमा सम्पन्न गरिने बंगलामुखि निर्माण जेविका ईन्जिनियर सुनिल कुवँरले बताउनु भयाे । उनले भने ” अहिले निर्माणकाे काम अघि बढाएता पनि हाल सम्म एक रूपया पनि रकम नपाएकाे बताए ।” यस्तै बजेटकाे अभाव भए विचमा काम राेकिने समेत उनकाे भनाई छ ।

कार्यक्रममा मनतव्य राख्ने अधिकांश बक्ताकाे धारणा समयमै स्तरिय काम हुनु पर्ने भनाई राखेका थिए ।

बेलडाँडी गाउपालिकाका अध्यक्ष हरिश्चन्द्र रानाकाे सभापतित्वमा सम्पन्न भएकाे शिलान्यास कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य दिवान सिह विष्ट रहेका थिए । विशिष्ट अतिथिमा जिल्ला समन्वय समितिका उप-प्रमुख राम कुमारी राना रहेका थिए । भने अितिथहरूमा विभिन्न रानैतिक दलका प्रतिनिधि,  समाजसेवी, बुद्विजिवि, अगुवा लगातकाे उपस्थिति रहेकाे थियाे ।

गाउँपालिका उपाध्यक्ष शान्ति नाथले स्वागत मनतव्यबाट शू भएकाे कार्यक्रमकाे सञ्चालन भने समाजिक परिचालक दिनेश खडकाले गर्नु भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *