कञ्चनपुर -पुनर्वास नगरपालिकामा भुमिहिन दलित,भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासको व्यवस्थापनका लागि जग्गा नापजाँच प्रक्रियाको शुरू गरिएको छ ।
एक औपचारिक कार्यक्रमका बीच पुनर्वास नगरपालिका वडा नम्बर ९ बाट जग्गा नापजाँच प्रक्रियाको शुरूवात गरिएको हो ।
राष्ट्रिय भुमि आयोग लगत संकलन इकाई पुनर्वास कन्चनपुरको आयोजनामा कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं ९ बिचफाटा र ख गाउँबाट अव्यवथित बसोवासीको जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको नगरपालिकाले जनाएकाे छ ।
कार्यक्रममा नगर प्रमुख तोयप्रसाद शर्माले निर्वाचित पछि निरन्तर सुकुम्बासी समस्या समाधानका प्रकृया पुर्याउन केही समय लागेकाले अलि ढिला भएकाे बताउनु हुँदै अब जनतालाई जग्गाकाे मालिक बनाई छाडने बताउनु भयाे ।
आफुले चुनावका बेला जनता संग गरेकाे वाचा समेत रहेकाले सबै बाचा यसरीनै पुरा गर्ने गरि काम गर्ने बताए ।
उनले भने ” जनताकाे काम जसरि भएपनि गरि छाडने बताउनु भयाे ।” यस कार्यमा सबै पक्षले सहयाेग गर्नु पर्ने धारणा व्यक्त गर्नु भयाे ।
सो नगरपालिका भरीमै ८ हजार बढि फारम भरिएको नगरपालिकाका योजना अधिकृत तथा फोकल पर्शन शंकर बोगटीले जानकारी दिनुभयो ।
नगरपालिका भरीमै ८ हजार बढि फारम भरिएको नगरपालिकाका योजना अधिकृत तथा फोकल पर्शन शंकर बोगटीले जानकारी दिनुभयो ।
हाल पुनर्वास नगरपालिकामा राष्ट्रिय आवास कम्पनीको नाममा १सय २७ बिघा जमिन पुर्जा भएको र ७ सय १९ बिघा जमिन फिल्ड बुकमा रहेको छ ।
नगर प्रमुख तोय प्रसाद शर्मा जयूको सभापतित्वमा सम्पन्न भएको उक्त जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ कार्यक्रममा राष्ट्रिय भुमि आयोग समिति कञ्चनपुरका अध्यक्ष देवेन्द्र ढुङ्गाना ज्यूको प्रमुख आतिथ्यता र विशिष्ट अतिथि मा राष्ट्रिय भुमि आयोग समिति कञ्चनपुर का सदस्य सचिव पुष्कर बहादुर पाल, निवर्तमान नगर प्रमुख जिवन थापा,र अतिथिगणको आसनमा वडाध्यक्ष नर बहादुर बिक, मनोज सापकोटा, तुलसी अर्याल, निबर्तमान अध्यक्ष नारायण जैसी, समाजसेवी ठाकुर प्रसाद बराल, खेमराज लामिछाने, सुकुम्बासी सघर्ष समितिका अध्यक्ष जगत सायार,शिक्षक, बुद्धिजीवी समाजसेवीहरूको उपस्थिति रहेको थियो ।
पुनर्वासमा २०२८ सालदेखि बसोबास गरी जग्गाको लालपुर्जा नपाएका स्थानीयहरुका लागि जग्गाको मालिक बनाउन नगरपालिका चालेको कदम प्रति पुनर्वासीले खुशी व्यक्त गरेका छन् ।

