रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउँपालिकाले ११३ औ अन्तराष्ट्रिय महिला दिवस फरक तवरले भव्य रूपमा मनाएकाे छ । विहिवार गाउँपालिकाकाे महिला विकाश शाखाले आयोजना गरेकाे ११३ औ अन्तराष्ट्रिय महिला दिवसकाे कार्यक्रममा बृद्व आमाहरूलाई सम्मानि गरेर फरक तवरले दिवस मनाएकाे हाे ।

दिवसकाे अवसरमा गाउँपालिकाले ५ वटै वडाका ४० जना भन्दा बढि बृद्व आमाहरूलाई सम्मान गरिएकाे गाउँपालिका उपाध्यक्ष शान्ति नाथले बताउनु भयाे । उनले भने “बृद्व आमाहरूकाे हाैसालाका लागि महिला दिवसकाे अवसरमा दाेसल्ला ओढाएर सम्मानित गरिएकाे बताए ।”

यसरी हरेक बर्ष जसाे महिला दिवसकाे अवसरमा फरक फरक ढंगले दिवस मनाउने समेत उपाध्यक्ष नाथले बताउनस भयाे ।
गाउँपालिका उपाध्यक्ष शान्ति नाथकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष हरिश्चन्द्र राना रहनु भएकाे थियाे । कार्यक्रममा ५ वटै वडाका वडा अध्यक्ष, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पदमराज जाेशि, सुरक्षाकर्मि, विभिन्न संस्था प्रतिनिधिकाे आतिथ्यता रहेकाे थियाे ।

कार्यक्रममा बाल्दै प्रमुख अतिथि गाउँँपालिका अध्यक्ष रानाले महिला सशक्तीकरणका सवालमा गाउँपालिका सधै कटिबद्व ढंगले काम गर्ने बताउदै महिला हिंसा मुक्त पालिका बनाउने बताउनु भएकाे छ ।
उनले भने “समाजमा महिलाकाे समान प्रतिनिधत्व सहित सिपमुलक क्षेत्रमा समेत लाग्न उत्साहाका साथ पालिकाले काम गरिरहेकाे बताए ।” उहाँले सबै नारीहरूलाई महिला दिवसकाे अवसरमा शुभकामना समेत व्यक्त गर्नु भएकाे छ ।

उपाध्यक्ष शान्ति नाथले गाउपालिका भरीका नारीका सावालमा महिला लक्षित उपाध्यक्ष काेसेलि कार्यक्रमकाे समेत शुरूवात गरिएकाे बताकि छिन् । उनले “छाेरी जन्मदा प्राेत्साहान स्वरूप नगद रूपयाँ दिन समेत गाउँपालिकाले शरूवात गरिसकेकाे बताउनु भयाे ।
छाेरीकाे भ्रुण हत्या राेक्न यस्ताे कार्यक्रम लागू गरिएकाे बताउदै महिला हिंसा हुन नदिन समेत यस्तै अन्य कार्यक्रम आगामि दिनहरूमा लागू गर्दै लैजाने समेत बताए ।
यस्तै गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत पदमराज जाेशिले महिलाकाे सर्वागिण पहुँँच र अधिकारका क्षेत्रमा सबैले उत्तिकै जिम्मेवार हुनु पर्ने धारणा राख्दै सबैलाई शुभकामना दिनु भयाे ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि राधिका देवि जाेशि, सगुना राना, वडा अध्यक्ष गज बहादुर विष्ट, ईन्द्र बहादुर खडका, नारद सिह उर्याल, प्रहरी निरिक्षक दिपक पातली लगायत थुप्रै बैद्विक व्यक्तिहरूले मनतव्य राखेेका थिए ।
दिवसकाे अवसरमा विहान गाउपालिका कर्मचारी, जनप्रतिनिधि,सुरक्षाकर्मि सहितका बेलडाँडी बजार र चवन्नी बजारमा महिला हिसां विरूद्वका प्ले कार्ड बाेकेर नारा लगाउदै प्रााभात फेरि गरि कार्यक्रम औपचारिकतामा परिणत भएकाे थियाे । उक्त कार्यक्रमकाे सञ्चालन भने अनमि निलम चन्दले गर्नु भएकाे थियाे ।

