कञ्चनपुर- कञ्चनपुरको पुनर्वास नगरपालिका उपप्रमुख भुलिया राना र काँग्रेस नेता पदम देउवा बैवाहिक बन्धनमा बाँधिएका छन ।
२१ फागुनमा उपप्रमुख राना र काँग्रेस नेता देउवा वैवाहिक बन्धनमा बाँधिएका हुन । पुनर्वास नगरपालिका १० निवासी उपप्रमुख र राना र देउवो विवाह गरेका छन । दुवैविच विगतदेखि प्रेम सम्बन्ध थियो ।
काँग्रेस नेता देउवा र उपप्रमुखको विवाहमा काँग्रेस नेता कार्यकर्ता सहितलाई दुवै पक्षबाट आमन्त्रण गरिएको थियो । काँग्रेस नेता कार्यकर्ता सहित दुवै पक्षका आफन्तले वैवाहिक जिवनको शुभकामना दिएका छन ।

