रमेश प्रसाद भट्ट/कञ्चनपुर-एमाले निकट पेशागत महासंघ जिल्ला समिति कञ्चनपुरकाे अध्यक्षमा सव-ईन्जिनियर राजेन्द्र विष्ट चयन भएका छन् । शनिबार महेन्द्रनगरमा सम्पन्न सार्ताै जिल्ला अधिवेशनबाट बेलाैरी नगरपालिकामा कार्यरत सव-ईन्जिनियर समेत रहेका विष्ट अध्यक्षमा सर्व-सम्मत चयन भएका हुन ।
सव-ईन्जिनियर विष्टकाे अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति गठन गरिएकाे नेपाल निजामति संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले जानकारी दिनु भयाे ।
उपाध्यक्षमा हर्क बहादुर चन्द, उपाध्यक्ष महिला कलावति कुवँर, सचिवमा तिलक जाेशि, सह-सचिवमा मान बहादुर भण्डारी, काेषाध्यक्षमा मणिराज जाेशि, सदस्यहरूमा ईन्द्रा राना,ह्यामु आचार्य, काेमल प्रसाद पन्त, सुनिल चन्द, करन बहादुुर कामि र हेमन्त टमाटा रहेका छन् ।
अध्यक्ष विष्टले पेशागत कार्यमा देखिएका समस्याकाे पहिचान गरी समाधनका लागि काम गर्ने बताउनु हुँदै पेशागत हक हितमा लाग्ने प्रण गरेका छन् ।
पेशागत महासंघ मुल आयाेजक समितिका संयाेजक गंगा दत्त जाेशिकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका नेता नारद मुनि राना रहनु भएकाे थियाे ।
भने विशिष्ट अतिथिमा एमाले नेता एवं केन्द्रीय लेखा आयोगका सदस्य ईश्वरी प्रसाद खरेल, केन्द्रीय सदस्य पवित्रा तिमेलसेना र एमाले कञ्चनपुर जिल्ला अध्यक्ष सुरेन्द्र विष्ट रहेका थिए ।

