नेपाल निजामति कर्मचारी संगठनकाे बेदकाेट अधिवेशन सम्पन्न, अध्यक्षमा भट्ट चयन

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेकपा एमाले सम्बद्व नेपाल निजामति कर्मचारी संगठनले बेदकाेट पालिका अधिवेशन सम्पन्न गरेकाे छ ।

शनिवार बेदकाेटकाे दैजिमा आयोजित एक कार्यक्रम माझ अधिवेशनबाट तारा प्रसाद भट्टकाे अध्यक्षतामा १४ सदस्यीय पालिका कार्य समित सर्व-सम्मत चयन गरि पालिका अधिवेशन सम्पन्न गरेकाे हाे  ।

उपाध्यक्षमा फगुनी राना, काेमल प्रसाद कलाैनी, सचिवमा करन बहादुर कामी, काेषाध्यक्षमा चन्चचला धनाडी, सदस्यहरूमा मन्जु थापा, हरिश धानुक, सरस्वती पाण्डे, हरिश विष्ट, ओम प्रकाश राना, देवकि जाेशि, अरूण चन्द कर्ण कुमार भट्ट, हरि प्रसाद भट्ट, जयराज भट्ट सर्व-सम्मत रूपमा कार्य समिति गठन गरिएकाे जिल्ला अध्यक्ष चन्दले बताउनु भयाे ।

यस अघि लालझाडी, दाेधारा चाँदनी र शुक्लाफाँमा अधिवेशन सम्पन्न गरि कार्य समिति विस्तार गरि सकेकाे नेपाल निजामति कर्मचारी संगठनका जिल्ला अध्यक्ष मान बहादुर चन्दले कञ्चनपुर खबरलाई बताउनु भयाे ।

उनले भने “जिल्लाका सबै पालिकामा धमाधम पालिका अधिवेशनलाई तिव्रता दिने कार्यक्रम अन्तरगत शनिवार बेदकाेट अधिवेशन सम्पन्न गरेकाे र बाकि अन्य पालिकामा समेत निरन्तर रूपमा संगठन विस्तार गरिने  बताउनु भयाे ।

मुस्कान सहितको सेवा प्रवाह गर्न सेवाग्राही लाई “आफैबाट नमस्कार ” र छिटो सेवा दिन “शिघ्र सेवा तीब्र बिकास” अभियान संगठनले जारी गरेको छ । यस्तै सबै सदस्यहरुले आफ्नो कार्यक्षेत्रमा व्यवहारमा समेत जारी राखेकाे जिल्ला अध्यक्ष चन्दकाे भनाई रहेकाे छ ।

बेदकोट तदर्थ समिति संयोजक तारा प्रसाद भट्टको अध्यक्षता सम्पन्न भएकाे कार्यक्रमका प्रमुख अतिथि नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय सदस्य प्रताप चन्द  रहनु भएकाे थियाे ।

बिशिस्ट अतिथिमा प्रदेश महासचिव माहादेब जोशी ,कञ्चनपुर अध्यक्ष मान बहादुर चन्द ,केन्द्रीय परिषद् सदस्य मोहन ठगुन्ना,सल्लाहकार सदस्य लोकेन्द्र देब भट्ट रहेका थिए । भने अतिथिहरूमा दिलाराम भट्ट ,केन्द्रीय प्रतिनिधी राधिका पन्त सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *