कञ्चनपुर जिल्ला स्तरिय१४ औ राष्ट्रपति रनिङ सिल्ड कृष्णपुर नगरपालिकाले आयोजना गर्ने

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– १४ औं राष्ट्रपति रनिङ सिल्ड जिल्ला स्तरीय छनोट प्रतियोगिता कृष्णपुर नगरपालिकाले आयोजना गर्ने भएको छ । बुधबार जिल्लाको बेलौरीमा जारी १३औं राष्ट्रपति रनिङ सिल्ड जिल्ला स्तरीय छनोटको समापन समारोहमा जिल्ला खेलकुद समिति कंचनपुरका अध्यक्ष कुबेर बहादुर खड्काले कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझालाई रनिङ सिल्डको झण्डा हस्तान्तरण गरेका हुन ।

रनिङ सिल्डको झण्डा ग्रहणपछि नगरप्रमुख ओझाले आफुहरु १४ औं राष्ट्रपति रनिङ सिल्ड जिल्ला स्तरीय छनोट प्रतियोगिता गर्न कृष्णपुर नगरपालिका सक्षम रहेको बताउँदै भोलिबाटै तयारी सुरु गर्ने बताए ।

कृष्णपुर नगरपालिकामा हाल पनि सरकारी विद्यालयमा राम्रो खेल मैदान रहेको र एक वर्षभित्रै १४औं राष्ट्रपति रनिङ सिल्डकै लागि थप गुणस्तरीय खेल मैदान तयार गर्ने नगरप्रमुख ओझाले बताए ।

९ ओटा स्थानीय तह रहेको कंचनपुरमा बुधबार सम्पन्न १३ औं राष्ट्रपति रनिङ सिल्ड जिल्ला स्तरीय छनोट प्रतियोगिता कृष्णपुरले तेस्रो स्थान हाँसिल गरेको छ । कृष्णपुरले ४ स्वर्ण ,४ रजत र ५ कांस्य गरि १३ पदक जित्दै तेस्रो बनेको हो । १९ स्वर्ण सहित भिमदत्त नगरपालिका पहिलो र ८ स्वर्णसहित सुक्लाफाँटा नगरपालिका दोस्रो बनेको हो ।

समापन समारोह नगरप्रमुख सहित उपप्रमुख,सम्पुर्ण वडाका वडाध्यक्ष लगायत कृष्णपुरका दर्जन बढी खेलप्रेमिको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *