गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द´ राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको विश्वविद्यालय स्वागतमा दिप प्रज्वलन गरिने

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– सरकारले कैलालीको गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको स्वागतमा नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा दिप प्रज्वलन गर्ने भएको छ ।

नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशले गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको स्वागतमा नेकपा माओवादी केन्द्रले सुदूरपश्चिममा दिप प्रज्वलन गर्ने भएको हो ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटिले ९ वटै जिल्ला, ८८पालिका कमिटिलाई सोमबार साँझ आ–आफ्नो पालिका र जिल्लामा दिप प्रज्वलन गर्ने निर्देशन दिएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एव सुदूरपश्चिम प्रदेश सदस्य ओम विक्रम भाट(सरल)ले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रंचण्ड) नेतृत्वको सरकारले गेटा मेडिकल कलेजलाई ‘सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णयको माओवादी सहित सिङ्गो प्रदेशका जनता हर्षित भएको बताए ।

सरकारले सुदूरका जनताको मर्म भावना अनुरुप काम गर्न खोजेको भन्दै स्वागत एव जनयुद्ध दिवसको अवसर पारेर दिप प्रज्वलन गरिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *