धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बहुमत गुमाएका छन्। मुख्यमन्त्रीको पक्षमा बहुत नपुगेपछि उनी स्वतः पदमुक्त भएका हुन्।
प्रदेश सभामा उपस्थित बहुमत सांसदहरुले मुख्यमन्त्रीको प्रस्ताव अस्वीकृत गरेपछि मुख्यमन्त्रीले पद गुमाएका छन।

विश्वासको मत लिने समय सीमा सकिँदा समेत नागरिक उन्मुक्ति पार्टीको उपस्थिति भएको थिएन। नागरिक उन्मुक्तिको उपस्थितीबिना नै मुख्यमन्त्रीले विश्वासको मत लिन बोलाएको सुदूरपश्चिम प्रदेश सभाको बैठक शुरु भएको थियो।

प्रदेश प्रमुख देवराज जोशीलाई मुख्यमन्त्री रावलले राजिनामा बुझाएका छन् । राजिनामा बुझाए संगै आजै नेपाली काँग्रेस संसदिय दलका नेता कमल शाह मुख्यमन्त्री नियुक्त हुँनेछन ।

