रमेश प्रसाद भट्ट/कञ्चनपुर- जिल्लाको बेलडाँडी गाउँपालिका उपाध्यक्ष काेसेलि कार्यक्रम अन्तरगत छोरी जन्मदा प्राे त्शुसान स्वरूप नगद ३ हजार दिने कार्यक्रमकाे शुरूवात गरिएको छ ।
गाउपालिका भित्रका गर्भवती आमाहरुले छोरी जन्माउदा उनिहरूलाई प्राेत्साहन गर्न नगद ३ हजार दिने उपाध्यक्ष काेसेली कार्यक्रमकाे बुधवार बेलडाँडी-५ बाट औपचारीक ढंगले कार्यक्रमकाे शुरूवात गरिएकाे हाे ।

गाउँपपालिका उपाध्यक्ष शान्ति नाथले याे समाजमा छाेरी पनि छाेरा सरह हुुुनु भन्ने धारणाका साथ छाेरीलाई अपहेलना नहोस साथै लिगं पहिचान गरि भ्रण हत्या नगरियाेस भन्ने अभिप्रायले चुनाव अघिनै जनतामाझ गरेकाे वाचा पूरा गर्ने याेजना बमाेजिम गरिएकाे निर्णय उपाध्यक्षको कोसेलीकाे कार्यक्रममा आमाहरूलाई नगद ३ हजार दिएर शुरूवात गरिएकाे कञ्चनपुर खबरलाई बताउनु भयाे ।
५ नम्बर वठरडामा रहेकाे राैतेली विचुवा स्वास्थ्य चाैकीमा आयाेजित एक कार्यक्रमका माझ ३० जना छोरीलाई जन्म दिने आमाहरुलाई तीन हजारको दरले उपाध्यक्ष कोसेली बितरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष नाथले जानकारी दिनु भयाे।

गाउँपालिका भरिका सबै वडाहरुमा छोरी जन्माउने आमाहरुलाई कोसेली बितरण गर्ने लक्ष्य रहेको उपाध्यक्ष नाथको भनाई छ । आफुले गाउँ पालिकामा निर्बाचित भएको दिन देखि गाउँपालिकाले गर्भवती महिलाहरुले छोरी जन्माइन भने उपाध्यक्षको कोसेली अन्र्तगत बिभिन्न स्वास्थ्य सामाग्री पोसिलो खानेकुरा तथा तीन हजार रुपियाँ दिँदै आएको समेत बताउनु भयाे ।

उपाध्यक्षको कोसेली कार्यक्रमले महिलाहरु आफ्नो स्वास्थ्य प्रति सजग बन्दै गएका छन् । गर्भाअबस्थामा स्वास्थ्य संस्था जानका लागी हिच्किचाउने महिलाहरु अहिले अनिबार्य रुपमा चेकँजाचका लागी स्वास्थ्य चौकीसम्म पुग्ने गरेको उपाध्यक्ष नाथले बताउनुभयो । छोरी मान्छे जन्माउने महिलाहरुलाई मात्रै कोसेली दिने गरेका छौ, यसले महिला दीदी बहिनिहरुको आनीबानीमा सुधार भएको छ ।”

यस्तै उनले आमाको स्वास्थ्य संस्थामै आएर बच्चा जन्माउने भएकाले आमा र बच्चा दुबैको स्वास्थ्यको ग्यारेन्टी हुने गरेको उपाध्यक्ष नाथले बताईन ।

गाउँपालिका उपाध्यक्ष नाथले ३५ बर्ष उमेर पुगेर बिबाह नगरी एकल बसेका महिला तथा तेत्रो लिङ्गीहरुको लागिपनि उपाध्यक्ष कोसेली कार्यक्रम आफुले ल्याएकाे बताउनु भयाे । यस्तै गर्भवति महिलाका लागि एम्बुलेन्स सेवा नि:शुल्क बाहिर जादा ५० प्रतिशत छुटकाे व्यवस्था समेत गरिएकाे छ ।
यस्तै उपाध्यक्ष नाथले स्वास्थ्य संग संम्बन्धित अन्य थुप्रै लाेकमुअि कार्यक्रम लागू गदै आउनु भएकाे छ । वडा नम्बर-५ का वडा अध्यक्ष ईन्द्र बहादुर खडकाकाे सभापतित्वमा सम्पन्न भएकाे कार्यक्रममा गाउँपालिका उपाध्यक्ष नाथकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

