कञ्चनपुरकाे बेलाैरीमा अबैध गर्भले १५ वर्षीया नावालिका सुत्केरी

मुख्य खवर विशेष समाचार

कञ्चनपुर– जिल्लाको बेलौरी नगरपालिकाकि १५ एक  वर्षीया नाबालिकाले अबैध गर्भधारणबाट बच्चा भएपछि हलचलनै मच्चिएको छ । अविवाहित ती नावालिकाकाे गर्भ कसकाे भन्ने पत्ता समेत नलाग्दा ती वालिकाबाट बच्चानै जन्मिएपछि अझ हलचलनै मच्चिएकाे हाे ।

अवैध गर्भधारणबाट शिशुलाई जन्म दिएर आमा बनेकी ती बालिकालाई प्रहरीले कसकाे गर्भ हाे, भनेर सूक्ष्म ढंगले अनुसन्धान शुरू गरेकाे छ ।

अविवाहित बालिकाले शिशु जन्माएपछि कस्काे संसर्गबाट उक्त बच्चा जन्मियो भन्ने प्रश्न भने हालसम्म अनुत्तरित नै रहेको छ, त्यसमा पनि नावालिका ।

तर बालिकाका परिवारका सदस्यले भने उक्त घटनालाई नै बाहिर ल्याउन नचाहेको सङ्केत देखिन्छ । यस सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *