जिल्लाका छुट्टाछुट्टै स्थानबाट लागु औषध सहित चार जना युवक पक्राउ

मुख्य खवर विशेष समाचार
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी भरतराज गिरीले जिल्लाका विभिन्न स्थानबाट लागु औषध सहित मानिस पक्राउ गरिएको बताए । उनका अनुसार मझगाउँबाट भीमदत्त नगरपालिका–१८ का २१ वर्षीय आषिश छिनाल, २२ वर्षीय जीवन कार्की र अविशेक गुरुङ लागू औषध सहित प्रहरीको फन्दामा परेका छन ।गरुङले चलाइरहेको यूके ०६ वाइ ४०३२ नम्बरको भारतीय मोटरसाइकलमा उनीहरु महेन्द्रनगरतर्फ आइरहेका थिए । शंका लागेर प्रहरीले उनीहरुमाथी खानतलासी गर्दा लागू औषध बरामद गरिएको थियो ।

मोटरसाइकलमा सवार छिनाल र कार्कीको साथबाट डाईजेफम–१९ सिसि, रेस्कोजेसिक– ९६ सिसि, फेनारगन–९६ पिस गरेर जम्मा २११ पिस लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरुले उक्त लागूऔषध भारतबाट ल्याएको हुनसक्ने प्रहरीको आशंका छ।

यस्तै, पुनर्वास नगरपालिका–११ डोकेबजारबाट ६२ ग्राम अवैध लागूऔषध खैरो हिरोईन सहित भारत लखिमपुर खिरी तहशिल पलियाका १९ वर्षीय सानु अन्सारी पनि पक्राउ परेका छन । उनी धनगढी उपमहानगरपालिका–१ मा डेरा गरेर बस्दै आएका थिए।

प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी परासनबाट संयुक्त रुपमा खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आइरहेका उनलाई जाँच गर्दा साथबाट लागूऔषध बरामद गरिएको थियो ।

उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयले लागु औषध नियन्त्रणमा कञ्चनपुर प्रहरीले गरिएको प्रयास निरन्तरतामा जोडदिईरहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *