रमेश प्रसाद भट्ट/कञ्चनपुर- नेकपा माओवादी केन्द्र बेलडाँडी गाउँ कमिटि सचिव तथा वाइसीएल नेपालका बेलडाँडी इन्चार्ज चेत बहादुर शाहले पार्टी परित्याग गरेका छन्।
शुक्रबार नेपाली काँग्रेस क्षेत्र नम्बर-१ काे क्षेत्रीय कार्य समितिकाे कार्यालय बेलाैरीमा एक समारोहका विच कांग्रेसका नेता तथा प्रदेश सांसद दिवानसिंह बिष्टले माओवादी केन्द्रका शाहलाई पार्टीमा स्वागत गरेका हुन।
वाइसीएल जिल्ला कमिटी सचिवालय सदस्य समेत रहेका शाहलाई प्रदेशसभा सदस्य विष्ट, क्षेत्रीय सभापति गाेपि प्रसाद उपाध्याय,बेलडाँडी गाउँ कमिटि सभापति गज बहादुर विष्ट, हर्क देव जाेशी लगायतले टीका लगाएर कांग्रेस प्रवेश गराएकाे काँग्रेस बेलडाँडी सभापति गज बहादुर विष्टले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

