उनको ‘के लत बस्यो र आज…’ गजल सार्वजनिक भएको हो। अहिले टिक टक देखिन सामाजिक सञ्जालमा गजल निकै भाईरल समेत बनेकाे छ ।
सारंगीमा धर्म गन्धर्व, तबलामा जगन्नाथ धौगोडा, बाँसुरीमा नगेन्द्रविक्रम राई र पियानोमा रिदम कँडेल रहेका छन्।
बैतडीमा जन्मिएका पेलाले यसअघि पनि विभिन्न आधुनिक र देउडा गीतहरु बजारमा ल्याएका छन्।
पेलाका ‘लुकाउन खोज्दा पनि आँसु नझरेको हैन’, ‘कहानी बनेन केही यस्तै छ मेरो जिन्दगी’ लगायत गीत चर्चित छन्।
‘के लत बस्यो…’ बोलको गजल उनको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएसँगै चर्चा चुलिएको छ। धेरै स्रोताहरुले यसलाई मन पराएका छन्।
गजल सुन्न यहाँ क्लिक गर्नु हाेस……

