कृष्णपुर नगर प्रमुख ओझाको जनप्रिय कार्यक्रम : “नागरीकसँग मेयर” को शुभारम्भ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले जनताको स्वास्थ्यलाई मध्यनजर गदै जनप्रिय कार्यक्रम ‘नागरीकसँग मेयर’ को शुभारम्भ गर्नु भएको छ । मंगलबार कृष्णपुर नगरपालिका वडा नम्बर ५ पवित्रवस्तीमा एक औपचारिक कार्यक्रमको आयोजना मार्फत नौवटै वडाबाट जनप्रिय कार्यक्रम ‘नागरीकसँग मेयर’ को शुभारम्भ गर्नु भएको हो ।

नगरपालिका वासि आम जनताको स्वास्थ्य अवस्थाबारे बुझ्नका साथै रोगको पहिचान गरि उपचारका लागि योजना बनाउन नगरपालिकाले ‘नागरिक संग मेयर’ कार्यक्रमको शुवात गरेको नगर प्रमुख ओझाले बताउनु भयो ।उनले भने “पछिल्लो समयमा मानव स्वास्थ्यमा रोगको समयमै पहचिान नहुदा जिवननै जाखिममा पर्ने गरेका कारण लक्षित वर्गको नागरिक सम्म स्वास्थ्य सेवा पुर्याउने उदेश्य हो, खसमा यस कार्यक्रमले सर्ने तथा नसर्ने रोग त्यसमा पनि उच्च रक्तचाप, सुगरका विरामीको समस्या पहिचान, महिलाको आङखस्ने समस्या, मृगौला पिडित, क्यान्सर, अन्य दिर्घ रोगी लगायतको बारेमा जनकारी लिन स्वस्थ्यकर्मीको टाली घर घरमा जाने बताउनु भयो ।”

उहाँका अनुसार स्वास्थ्यकर्मीको टोलीले नगरवासिको स्वास्थ्य अवस्थाको बारेमा संकलन गरेको रेकर्ड अनुसार निःशुल्क स्वास्थ्य सेवाका लागि विशेषज्ञ सहितको टोलीबाट स्वास्थ्य शिविरको आयोजना गरिने योजना रहेको बताउनु भएको छ । यस्तै उनले यस कार्यक्रमबाट फाईदा लिन हुन सबै नगरवासिहरुमा अनुरोध समेत गर्नु भएको छ ।
स्वास्थ्यको कार्यक्रम नागरिक संग मेयर को शुरुवात भए संगै नगरवासि हर्षित बनेका छन् ।

यस्ता कार्यक्रमले स्वास्थ्यको पहँचमा पुग्न नसकेका नगरवासिलाई सहज हुनका साथै आफ्नो स्वास्थ्यबारे थाहा पाउन र समयमै उपचार पाउन गरानुपर्छ भन्ने तर्फ ध्यान गई थप स्वास्थ्यको जोखिमबाट बच्न आम नगरवासिलाई मद्दत पुग्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *