बेलाैरी र बेलडाँडीमा माघिकाे आज एक दिने स्थानिय विदा

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– कञ्चनपुरका दुई स्थानिय तह बेलोरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले आज १ दिन स्थानीय विदा दिने निर्णय गरेका छन् ।

बेलाैरी र बेलडाँले सुचना जारी गर्दै पुस ३ गते आज मंगलबार माघि पर्वकाे अवसरमा १ दिने स्थानिय विदा दिने निर्णय गरेकाे हाे ।

बेलौरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नर बहादुर वि.क. द्धारा हस्ताक्षर गरिएको सुचनामा बेलौरी नगरपालिकाको मिति २०७९।०९।२६ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार माघी पर्वको अवसरमा मिति २०७१।१०।०३ गते बेलौरी नगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा दिइएको व्यहोरा सबैमा जानकारीका साथै माघी पर्वको अवसरमा सम्पुर्ण नगरबासीमा सुख शान्ति समृद्धि र भाइचाराको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ भनिएकाे छ ।

यस्तै बेलडाँडी गाउँपालिकाले पौष २९ गते एक सुचना जारी गर्दै माघ ३ गते स्थानीय विदा दिने ब्यहारो जनाएको छ ।

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाद्धारा हस्ताक्षर गरिएको सुचनामा गाउँपालिकाको मिति २०७९/०९/२१ गते बसेको १२औं गाउसभाको निर्णयानुसार माघी पर्वको पावन अवसरमा मिति २०७९/१०/०३ गतेका दिन बेलडाँडी गाउँपालिका क्षेत्रभित्र स्थानिय सार्वजनिक विदा दिइएको व्यहोरा सबैमा जानकारी गराईनुका साथै माघी पर्वको पावन अवसरमा सम्पूर्ण गाउँबासीमा सुख, शान्ती, समृद्धी र भाईचाराको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं भनिएकाे छ ।

बेलाैरी र बेलडाँडिले स्थानिय विदा दिने गरेकाे सुचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *