सुदूरपश्चिम एमाले भागमा, कञ्चनपुरका राजेन्द्र सिंह रावल मुख्यमन्त्री बन्दै

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिँह रावल सुदूरपश्चिमको मुख्यमन्त्री बन्ने भएका छन्। कञ्चनपुर घरभएका नेता रावल सत्ता सझेदारी दलविच सहमति भईपछि सुदूरपश्चिमका मुख्य मन्त्री बन्ने भएका हुन ।

सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो सरकारको नेतृत्व गर्ने सहमती भएको जनाईएकाे छ। पहिले एमालेले प्रदेश सरकारको नेतृत्व गर्ने छ।

सुदूरपश्चिम प्रदेश एमालेको भागमा परेको नेकपा एमाले प्रदेश कमिटिले जनाएको छ। एमाले प्रदेश कमिटिका अनुसार सुदूरपश्चिममा पहिलो चरणमा एमालेको भागमा  मुख्यमन्त्री पाउने हुनेछ।

एमाले संसदीय दलको नेता रावल सुदूरपश्चिमको साढे २ वर्षका लागि मुख्यमन्त्री हुनेछन्। माओवादीले दोस्रो चरणमा मुख्यमन्त्री पाउनेछ।

माओवादीका दलका नेता खगराज भट्ट साढे २ वर्षपछि सुदूरपश्चिमको मुख्यमन्त्री हुने छन। एमाले संसदीय दलका नेता रावलका अनुसार सुदूरपश्चिम एमालेको भागमा परेपनि औपचारीक्ता बाँकी छ।

सुदूरपश्चिम र वागमती प्रदेशमा एमाले र माओवादीले आलोपालो प्रदेश सरकारकोे नेतृत्व गर्ने भएको हो। सुदूरपश्चिममा पहिले एमालेले नेतृत्व गर्ने छ, भने वागमतीमा पहिले माओवादी र त्यसपछि एमालेले नेतृत्व गर्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *