दार्चुला– सुदूरपश्चिम प्रदेश दार्चुलामा तुईनबाट खसेर १२ बर्षिया एक बालक वेपत्ता भएका छन । व्यास गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइन तर्ने क्रममा खसेर बालक बेपत्ता भएका हुन ।
तर यसबारे प्रहरी र स्थानीयबासिन्दा समेत बेखबर रहेको पाइएको छ । नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १२ वर्षीय बालक दीपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारीसमेत रहेका प्रहरी निरीक्षक गणेश भण्डारीले भने यसबारे कुनै जानकारी नआएको बताएका छन ।
व्याँस गाउँपालिकाका प्रवक्ता उपेन्द्र धामीले बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि गएका बालक तुइनबाट नदीमा खसेको खबर एक जना शिक्षकले आजै दिएको बताए ।
‘खर काटन भारततिर जाने चलन छ,’ प्रवक्ता धामीले भने, ‘सय मिटर माथि झोलुंगे पुल भएपनि सजिलोका लागि स्थानीयले त्यस क्षेत्रमा तुइन हाल्छन। त्यहीँबाट बालक खसेको जानकारी आएको छ ।’
पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलामा मात्रै ६३ जना महाकाली नदीमा बिलाएका छन् । उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन् ।
०७२ मै तत्कालीन प्रधानमन्त्री केपी ओलीले तुइन विस्थापन गर्ने घोषणा गरेका थिए । तर, दार्चुलामा मात्रै अझै आधा दर्जन तुइन छन्,
एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले देशैभरीका तुईन विस्थापित गरेको दावि गरेपनि दार्चुला महाकाली नदीमा अझैपनि तुईन भएकाले नेपाली नागरिककले ज्यान जोखिममा पार्नेदेखि गुमाउने काम रोकिएको छैन । ओली सरकारले देशभर तुईन विस्थापित गरेको भनी गरेकाे घाेषणा कागजमै सिमित बनेकाे छ ।

