बेलडाँडीकाे चाैधर नदिमा एक सय ७२ मिटर लम्बाई तटबन्ध निर्माण हुने

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- बेलडाँडी गाउँपालिका अन्तरगतकाे चौधर नदीमा तटवन्ध निर्माण हुने भएको छ ।

विहिबार बेलडाँडी गाउपालिकाका अध्यक्ष हरिश्चन्द्र राना,  वडा अध्यक्ष सहितले तटबन्ध निर्माण हुने स्थलमा सिलन्यास गर्नु भएकाे हाे ।

बेलडाँडी वडा नम्बर-५ भएर बग्ने चौधर नदी नयाँ प्रविधिमा आधारित तटवन्धन कार्यालय जाऊलाखेल काठमाडौकाे सहयाेगमा ४५ लाख बजेटमा तटवन्ध निर्माण हुन लागेको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर विष्टले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

उनले भने ” तत्काल ४५ लाखकाे लागतमा १ सय ७२ मिटर लम्वाइ,अढाईफिट उचाइ भएको तटवन्धन निर्माण हुने र केही हद सम्म भएपनि नहर भत्कने स्थानमा तटबन्धले सहयाेग पुर्याउने बताए ।”

`अहिले सानाे प्रयासबाट शरू गरेका छाै , पछि पुरै जाेखिम भएकाे स्थानमा तटबन्ध निर्माणका लागि संघ, प्रदेश संग पहल गरि काम गरिने बताउनु भयाे ।´

अन्य पुरै ईमलिया देखि झिलमिला जाने पुल सम्मनै जाेखिम क्षेत्र रहेकाले अन्यमा क्रमागत रूपमा कामका लागि पहल गरिने गाउपालिकाका प्रबक्ता विष्टले बताए ।

चौधरी नदि नियन्त्रण उपभोक्ता समिति मार्फत किशोर कन्ट्रक्सन कम्पनीले निर्माणको कार्य गर्ने गरि काम अघि बढेकाे समेत उहाँले बताउनु भयाे ।

साे क्षेत्रमा बर्षातकाे समय हाेस या बेमाैसमकाे बेला आउने बर्षाका कारण बाढि गाउँ पस्ने समस्या रहेकाे छ । नदि नियन्त्रणका लागि थुप्रै पटक काँग्रेस नेता जनक सिह धामिले प्रदेश देखि संघ सम्म पहल थालेका थिए ।

यसरी उक्त क्षेत्रमा सानै भएपनि शुरूवातमा जाेखिम टाल्न तटवन्धन बन्ने भएपछि स्थानीय वासिन्दाले खुसि व्यक्त गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *