कञ्चनपुरका नव-निर्वाचित जनप्रतिनिधिलाई जिल्ला समन्वय समितिले गर्याे स्वागत

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- कञ्चनपुरका नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको गरेको छ ।

बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति कञ्चनपुरले ४ मंसिरमा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा निर्वाचित जनप्रतिनिधीलाई सम्मान गरेको छ ।

प्रतिनिधी सभा सदस्य एनपी साउद, रमेश लेखक, तारालामा तामाङ्ग, प्रदेश सभा सदस्य ओम विक्रम भाट(सरल) दिवान सिह विष्ट, बीर बहादुर थापा(पातल), बहादुर सिह थापा, प्रकास रावल, बेल बहादुर रानालाई सम्मान गरिएको छ ।

जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले उनीहरुलाई मालाखादा ओढाएर सम्मान गर्दै जिल्लाको विकास निर्माणमा मिलेर काम गर्न सुझाव दिएका छन ।

नव निर्वाचित कञ्चनपुरका प्रदेश तथा प्रतिनिधी सभा सदस्यले जिल्लाको दिगो विकास र सम्बृद्धिका लागि काम गर्ने प्रण गरेका छन । जिसस परिषरमा प्रदेश तथा प्रतिनिधी सभा सदस्यले रक्तचदनका बिरुवा रोपेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *