कञ्चनपुर-३ मा काँग्रेस नेता रमेश लेखक भारी मतले विजयी

मुख्य खवर राजनीति विशेष समाचार

उनका प्रतिस्पर्धी नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४४८ मत मात्रै ल्याउन सकिन्। क्षेत्र नं. ३ मा ५७ हजार ९५५ मत खसेको थियो। जसमध्ये ३ हजार ६९९ मत बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

१२ हजार ७५ मतान्तरले लेखकले जित निकालेका हुन। यो संगै लेखक चोथो पटक संसदको ढोका खोल्न सफल भएका छन्। लेखकले यसअघि कञ्चनपुरमा प्रत्यक्षतर्फ तीन वटा संसदीय चुनाव लडिसकेका छन्।

पहिलो पटक ०५६ सालको चुनावमा साविकको क्षेत्र नं. ३ बाट उम्मेदवार बनेका लेखक विजयी भए। त्यस बेला उनले राप्रपाका इन्द्रबहादुर खत्रीलाई पराजित गर्दै संसद् यात्रा तय गरेका थिए।

०६४ को पहिलो संविधान सभा चुनावमा उनले प्रत्यक्ष चुनाव लड्न पाएनन्। साविक कञ्चनपुर क्षेत्र नं. ४ र डडेल्धुरामा प्रधानमन्त्री देउवा चुनाव लडे। दुवै क्षेत्र जिते पछि देउवाले कञ्चनपुर ४ छोडेका थिए।

देउवालाई आफ्नो क्षेत्र छोडेका लेखक त्यसबेला समानुपातिकतर्फ लागेका थिए। फेरि ०७० मा उनले प्रत्यक्ष चुनाव लड्ने मौका पाए। साविक क्षेत्र नं. ४ मा लेखक जित निकाल्दै संसद् पसे।

०५६ सालदेखि निरन्तर रुपमा संसद छिर्ने अवसर पाइरहेका लेखकको संसद् यात्रा ०७४ को चुनावले रोकियो। उनी वाम गठबन्धनका डा. दीपक प्रकाश भट्टसँग २५८ मतले पराजित भए।

त्यस बेला भट्टले २६ हजार ३६४ मत ल्याएका थिए भने लेखकले २६ हजार १०६ मत ल्याएका थिए। उनै लेखकले ०७४ को हारको बदला लिँदै माओवादी केन्द्रको समर्थनमा यसपटक बाजी मारे।

यो संगै लेखकको प्रत्यक्षतर्फ संसदीय चुनावमा तेस्रो जित भएको छ। उनी चौथो पटक सांसद चुनिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *