कञ्चनपुर-३ काे मतगणना शुरू,, १ र २ काे केही बेरमा गणना हुने

समाचार

कञ्चनपुर -कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा मतगणना कार्य सुरु भएको छ।

दिउसो १ बजेदेखि गणना सुरु भएको मुख्य निर्वाचन अधिकृत धु्रव कुमार शाहले जानकारी दिए। जिल्ला समन्वय समितिको सभाहलमा गणना भइरहेको छ।

भीमदत्त नगरपालिका वडा नं. १, २ र ३ बाट एकैसाथ मत गन्न थालिएको छ।

क्षेत्र नं. १ को ३ बजे र २ को २ बजेबाट मतगणनाको तयारी छ।

क्षेत्र नं. १ को मतगणना दिउँसो ३ बजेदखि गणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले जानकारी दिए। क्षेत्र नं. १ को मतगणना बेलौरी नगरपालिका–४ को सभाहलमा हुने छ।

यस्तै क्षेत्र नं. २ को दिउँसो २ बजेदेखि मतगणना सुरु हुने मुख्य निर्वाचन अधिकृत मोहनीप्रसाद जोशीले जानकारी दिए। त्यहाँको मतगणनास्थल कालिका माध्यमिक विद्यालय असैना झलारीमा राखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *