बेलडाँडीमा नमुना मतदान कार्यक्रम,, मतदाता शिक्षाकाे कमि

राजनीति विशेष समाचार

कञ्चनपुर– आसन्न मंसिर-४ गते सम्पन्न हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वानकाे तयारीका जिल्लाकाे बेलडाँडी गाउपालिका-२ मा नमुना मतदान कार्यक्रम गरिएकाे छ ।

साेमबार जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले बेलडाँडी-२ मा रहेकाे राैलेश्वर आदर्श जनता बहुमुखि क्याम्पसमा निर्वाचनकाे दिन नजिकिदै गर्दा नमुना मतदान कार्यक्रम सम्पन्न गरेकाे जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरले जनाएकाे हाे ।

निर्वाचनमा कसरी मतदान गर्ने भन्ने जानकारीका लागि गरिएकाे नमुना मतदानमा बेलडाँडी गाउँपालिका भरीका ५ वटै वडाबाट प्रतिनिधित्व हुने गरि ६४ जना जेष्ठ नागरिक, जनप्रतिनिधि र युवाले नमुना मतदान गरेकाे स्थाानिय शिक्षक सचिन कठायतले कञ्चनपुर खबरलाई जानकारी दिनु भयाे ।

प्रतिनिधि सभा तर्फ ६४ जनाले गरेकाे नमुना मतदानमा ५६ मत सदर भएका थिए भने  ८ मत बदर भएका थिए । यस्तै प्रदेश सभा तर्फ ६३ जनाले नमुना मतदान गरेकाेमा ५६ सदर ७ बदर भएकाे स्थानिय शिक्षक कठायतले बताउनु भयाे । उनले भने “नमुना मतदानमा प्रतिनिधि सभा र प्रदेश सभा दुवै तर्फ १५/१५ मत ल्याएर नर्स विजयि भएकाे बताए।”

जसमा प्रतिनिधि सभा तर्फकाे नमुना मतदानमा १३ प्रतिशत र प्रदेश सभा तर्फ ११ प्रतिशत मत बदर भएकाे पाईयाे । यसरी जनतामा उचित मतदाता शिक्षाकाे कमि भएकाे नमुना मतदानले देखिएकाे छ ।

निर्वाचन आयोगले सहि समयमा उचित रूपमा मतदाता शिक्षा दिन नसक्नुका कारण मत बदरकाे हुने सम्भावना देखिएकाे छ । उता निर्वाचन कार्याय कञ्चनपुरका अनुसार जिल्ला भरीमा कसरी मत हाल्ने भन्ने जानकारी दिन १५ दिनका लागि मतदाता शिक्षा कार्यक्रम समेत सञ्चालन गरिएकाे जनाएकाे छ ।

निर्वाचनकाे मिति आउन केही दिन मात्र बाकि रहदा जनतालाई मतदाता शिक्षा दिन अझै प्रभावकारी ढंगले काम गरिनु पर्ने देखिन्छ ।

बेलडाँडीमा भने प्रत्येक वडामा महिला स्वास्थ्य स्वयंसेविहरूले घरघर टाेल टाेलमा मतदाता शिक्षा दिईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *