कञ्चनपुर, २० कार्तिक– नेपाली काँग्रेसका प्रवक्ता प्रकासशरण महतले केपी शर्मा ओली नेतृत्वको सरकारले साढे तीन बर्षमा गर्न नसकेको काम शेर बहादुर देउवा नेतृत्वको सरकारले डेढ बर्षमै गरेको बताएका छन ।
आइतबार बिहान प्रेस यूनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस प्रवक्ता महतले ओली नेतृत्वको सरकारले साढे तीन बर्षमा गर्न नसकेको काम देउवा नेतृत्वको सरकारले डेढ बर्षमै गरेको बताएका हुन ।
‘ओली सरकारले यस विचमा गर्न नसकेको काम देउवा सरकारले गरेका छन, ‘प्रवक्ता महतले भने, ‘साढे तीन बर्षमा नभएका काम डेढ बर्षमै भएका छन ।’ पुर्व संचारमन्त्री समेत रहेका महतले ओलीले धेरै बोलेरै साढे तीन बर्ष विताएको आरोप लगाए ।
आगामी ४ मंसिरमा हुने स्थानीय तह निर्वाचनबाट बाम लोकतान्त्रिक गठबन्धनले बहुमत ल्याउने बताउदै प्रवक्ता महतले अधिकाँस प्रत्यक्ष तर्फबाट सिट जित्ने दावि गरेका छन । ‘काँग्रेस सहित हामी बाम लोकतान्त्रिक गठबन्धन बहुमत सिट जितेर सरकार बनाउँछौँ, ‘उनले भने, ‘भावि प्रधानमन्त्री को बन्ने बारेमा हामीले अहिले औपचारिक निर्णय गरेका छैनौँ ।’
काँग्रेस सभापति शेर बहादुर देउवाले सबै दलको नेतृत्व गर्दै मुलुकलाई सम्बृद्धिको बाटोमा डो¥याउने क्षमता राखेको बताउँदै महतले ओली नेतृत्व असहिष्र्णू भएको बताए । ‘संविधानको रक्षा, स्थायीत्व सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन बनेको हो, ‘महतले भने, ‘विगतको जस्तो पाटी एकताका लागि होईन ।’
महतले राप्रपा–एमाले गठबन्धनले जितेपनि राजतन्त्र फर्किन नसक्ने ठोकुवा गरेका छन ।बामपन्थी दल एमाले र राजावादी लिगेशी बोकेको राप्रपाले जितेपनि राजतन्त्र नफर्किने विश्वास व्यक्त गरेका छन ।
पाटी प्रवक्ता समेत रहेका महतले बागी उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिएर पार्टी गठबन्धनका आधिकारिक उम्मेदवार सघाउन आब्हान गरेका छन ।

