कञ्चनपुर– निर्वाचन क्षेत्र ३ अन्र्तरगत भीमदत्त नगरपालिका ६ नम्बर वडामा बाम लोकतान्त्रिक गठबन्धनले प्रदेश स्तरिय कार्यालय उद्घाटन गरेको छ ।
आइतबार क्षेत्र ३(क) भीमदत्त नगरपालिका ६ ऐठपुरमा बाम लोकतान्त्रिक गठबन्धनले कञ्चनपुर-३ प्रदेश (१) स्तरिय कार्यालय उद्घाटन गरेको हो ।
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखक, क्षेत्र ३(क) प्रदेश सभा सदस्यका उम्मेदवार टेकेन्द्र प्रशादले संयुक्त रुपमा वडा कार्यालय उद्घाटन गरेका छन ।
बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसारका लागि वडा कार्यालय उद्घाटन गर्दै प्रतिनिधी सभा सदस्यका उम्मेदवार रमेश लेखकले संविधानको रक्षादेखि स्थानीय विकास र सम्बृद्धिका लागि बाम लोकतान्त्रिक गठबन्धन जिताउनुको विकल्प नभएको बताए । काँग्रेस केन्द्रीय सदस्य समेत रहेका लेखकले माओवादी र काँग्रेसविच ऐतिहासिक राजनीतिक सहकार्य हुँदै आएको बताए ।
‘मुलुकमा १२ बुँदे सहमतीदेखि संविधान निर्माणसम्म माओवादी र काँग्रेसको नेतृत्वविच ऐतिहासिक सहकार्य भएको छ, ‘उनले भने, ‘विगतमा काँग्रेस सभापति स्व. गिरिजा प्रशाद कोईरला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) विच १२ बुँदे सहमती भयो, ‘लेखकले भने, ‘अहिले माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस सभापति शेर बहादुर देउवाविच संविधान जोगाउने कार्यकार्य भएको छ ।’
दुवै पार्टीले एक अर्का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई मत हाल्नका लागि कुनै हिचकिचाहट नमानेर बहुमत दिलाएर जिताउनुपर्ने आब्हान गरेका छन ।बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट क्षेत्र ३(क) प्रदेश सभा सदस्य टेकेन्द्र प्रशाद भट्टले माओवादी, काँग्रेसविच भएको सहमती अनुरुप संविधानको रक्षा र प्रतिगमनबाट मुलुक बचाउनका लागि गठबन्धन भएको बताउँदै बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउनका लागि वडा, टोल, घर घरमा खटिन आब्हान गरेका छन ।
काँग्रेस केन्द्रीय सदस्य तथा समानुपातिक उम्मेदवार यज्ञराज जोशीले मुलुकको आवश्यकता अनुरुप गठबन्धन भएकाले कुनै हिचकिचाहठ नमानेर बाम लोकतान्त्रिक गठबन्धनका उम्मेवारलाई भारी मत दिलाउन आब्हान गरेका छन ।
कार्यक्रममा बाम लोकतान्त्रिक गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र ३(क)का संयोजक पदमराज अवस्थी र सह संयोजक दिपक साउद(शिखर)ले आफ्नो निर्वाचन क्षेत्रमा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार जिताउने प्रतिबद्धता जाहेर गरेका छन ।

