कञ्चनपुर– जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडीमा खुला भलिबल प्रतियोगिता हुने भएको छ । शुभ दिपावलीको अवसर पारेर बेलडाँडी गाँउपालिका १ सिद्धचोकमा खुला भलिबल प्रतियोगिता हुने भएको हो ।
एकता समाजले सोमबार(कार्तिक ७)देखि भलिबल प्रतियोगिता संचालन हुने भएको छ । प्रगति एकता समाजका अध्यक्ष धनसिह विष्टले विगतका बर्षहरुझै यस बर्षपनि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
अध्यक्ष विष्टले ग्रामिण क्षेत्रको खेलकुद विकास र खेलाडी उत्पादनका लागि भलिबल प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ३५, दोस्रो टिमलाई २५ र तेस्रो टिमलाई ११ हजार नगद सहित ट्रफि प्रदान गरिनेछ । प्रतियोगिताका लागि आवश्यक तयारी भईरहेको प्रगति एकता समाजका अध्यक्ष विष्टले बताए ।

