कञ्चनपुरका दुई उम्मेदवार बिरुद्ध भ्रष्टाचार मुद्दा १ मा प्रदेशका राना र ३ मा संघका स्वतन्त्र उम्मेदवार दमाई बिरुद्ध नगर विकास मुद्दा

मुख्य खवर राजनीति विशेष समाचार
आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा उम्मेदवार भएका पल्टु राना र मदन दमाई बिरुद्धमा भ्रष्टाचार अभियोग मुद्दा दायर गरेको हो ।

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयले तत्तकालिन महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला काण्डमा मुछिएका तत्तकालिन अध्यक्ष पल्टु राना र विचौलिया मदन दमाई बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

नागरिक उन्मुक्ति पाटीबाट तर्फबाट पल्टु राना क्षेत्र १ (क) प्रदेश सभा सदस्यका उम्मेदवार छन । भने स्वतन्त्रबाट मदन दमाई क्षेत्र ३ प्रतिनिधी सभा सदस्यका उम्मेदवार भएका छन । उम्मेदवारद्वय राना र दमाई बिरुद्धमा भ्रष्टाचार निवार ऐन ०५९ को दफा २४ बमोजिम बिगो सहित थप कैद सजायको मागदावि गरेर विशेष आदालतमा मुद्दा दायर भएको छ ।

तत्तकालिन अध्यक्ष रानालाई ३७ लाख, ९२ हजार बिगो सहित कसुर तथा सजाय मागदावी गरेको छ । भने बिचौलिया नै घोषित गरेर दमाईलाई पनि ३७ लाख ४६ हजार ८८० रुपैया बिगो सहित कसुर तथा सजाय मागदावी गरेको छ ।

राना र दमाई बिरुद्धमा भ्रष्टाचार निवार ऐन ०५९को दफा २४ बमोजिम ३७ लाख बढि रुपैया बिगो सहित थप कैद सजायको मागदावि गरेर विशेष आदालतमा मुद्दा दायर भएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङगाल काठमाण्डौँ केन्द्रीय कार्यालयले महेन्द्रनगर नगर विकास समितिको जमिन घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलले तीन जना अध्यक्ष सहित ३७ जनाका नाममा विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

चुनावी मैदानमा होमिएका संघारमै दुवै बिरुद्धमा भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दायर भएसंगै उनीलाई झट्का लागेको छ । नगर विकास समितिका तत्तकालिन अध्यक्ष पल्टु रानाले आफुले भ्रष्टाचार नगरेको दावि गर्दै कर्मचारीबाट आएको फाईल अनुरुप काम गरेको बताए ।

विचौलियाको आरोप समेत लागेका मदन दमाईले चुनावको मुखमा बदनाम गर्ने मनसाय भएको बताए । ‘मैले त समितिको निर्णय गरेर जमिन किनेको हुँ, ‘उनले भने, ‘कर्मचारी र समितिका पदाधिकारी जानुन ।’

उम्मेदवारद्वय राना र दमाई बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएसंगै उनको उम्मेदवारीको विषयलाई लिएर नागरिक अन्यौलमा परेका छन ।

मुख्य निर्वाचन अधिकृत कार्यालय कञ्चनपुरका सहायक निर्वाचन अधिकृत तारा प्रशाद शर्माले कुनै उम्मेदवार बिरुद्धमा भ्रष्टाचार वा अन्य मुद्दा लाग्दैनमा उम्मेदवारी खारेजी नहुने बताए । ‘मुद्दाको अन्तिम किनारा नलागुन्जेलसम्म उम्मेदवारी यथावत रहीरहन्छ, ‘उनले भने, ‘दोषि प्रमाणित भए मात्रै उम्मेदवारी खारेजी हुन्छ ।’

उम्मेदवारद्वय राना र दमाई बिरुद्धमा भ्रष्टाचार मुद्दा दायर भएसंगै उनीमाथि नागरिक एव मतदाताले प्रशन गरिरहेका छन । भ्रष्टाचारको मुद्दा लागेको भन्दै सफाई पाएपछि मात्रै जनताको घरदैलोमा मत माग्न आउने भन्दै जनता उनीप्रति आक्र्रोसित भएका छन ।

सार्वजनिक पद पाए लगत्तै भ्रष्टाचार र अनियमितता गर्ने भन्दै त्यस बिरुद्धमा जनताले भ्रष्टाचारकै कारण विशेष अदालतमा मुद्दा दायर भएका उम्मेदवारले जनता सामु के मुख ल्याएर आउने भन्दै आक्र्रोस पोखिरहेका छन । यद्यपी उनीहरुमाथिको आरोप अहिल्यै प्रमाणित नभएपछि सरकारी सम्पत्ती हिनामिना प्रकरणमा भने मुछिएका छन ।

तत्तकालिन अध्यक्षले एकल तोक आदेशको आधारमा बोर्ढको निर्णय नै नभएको र निर्णमा उल्लेख नभएका व्यक्तिलाई समेत जग्गा उपलब्ध गराएको देखिएकाले उक्त जमिन लिच प्रकरणमा संलग्न नगर विकास समितिका तत्तकालिन अध्यक्ष, समितिमा कार्यरत कर्मचारी, नापी, मालपोतका कर्मचारी र प्रथम रुपमा जमिन खरिद गर्ने व्यक्तिको हकमा मागदावि सहित विशेष अदालत काठमाण्डौँमा अभियोगपत्र दागर गरिएको थियो ।

नगर विकास ऐन २०४५ तथा नागर विकास निर्देशिका ०६१ को दफा ५ बमोजिम बोर्डको निर्णय विपरित जमिन खरिद बिक्रि प्रकरणमा उजुरी गरेपछि अख्तियारले छानबिन गरेर विशेष अदालतमा कार्बाही र अशुलीका लागि मुद्दा दायर गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *