कञ्चनपुर– नेकपा एकीकृत समाजवादीले जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा रहेका बाम लोक तान्त्रिक गठबन्धनकाउम्मेदवारलाई सघाउने स्पष्ट पारेका छन् ।
सोमबार समाजवादीले महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै कञ्चनपुरका तीन वटै प्रतिनिधी सभा सदस्यका उम्मेदवारलाई एक ढिक्का भएर चुनाव जिताउने स्पष्ट पारेको हो ।
केही विपक्षी एव बिरोधी समुहले समाजवादीले कञ्चनपुरमा संघ तर्फका उम्मेदवार नसघाउने दुष्प्रचार, भ्रम सृजना गरिरहेकाले भन्दै समाजवादीले संघ तर्फ क्षेत्र १ बिना मगर, २ एनपी साउद र ३ मा रमेश लेखकलाई एकसाथ जिताउनका लागि तयार रहेको सोही अनुरुप मत मागिरहेको जनाएको छ ।
नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सचिव हरक सिह धामीले केन्द्रमा भएको सहमती अनुरुप संघ तर्फ क्षेत्र १ मगर, २ साउद र ३ लेखकलाई जिताउनका लागि प्रचारप्रसार गर्ने बताए ।
समाजवादी कञ्चनपुरका सचिव धामीले क्षेत्र ३९क० र २९ख०मा मात्रै समाजवादीले प्रदेशमा उम्मेदवारी दिए अनुरुप प्रचारप्रसार शुरु गरिएको बताए ।
सचिव धामीले ६ कार्तिक धनगढीमा गठबन्धन दलको बस्ने बैठकबाट को उम्मेदवार ब्याक हुने विषयमा एकीन हुने बताउँदै अहिलेसम्म मित्रवत हिसाबले चुनावमा होमिने सहमती भएको बताए ।
‘गठबन्धन अहिलेको आवश्यकता हो, ‘उनले भने, ‘सचिव धामीले भने, ‘प्रतिगमन र संविधान मास्ने बिरुद्धमा हामीले गठबन्धन गरेका हौँ ।’ केही अवसरवादी पार्टीमा आए गए उनीहरुबाट न यता न उता पार्टी सचालन हुने सचिव धामीको भनाई छ ।

