रमेश प्रसाद भट्ट /कञ्चनपुर– जिल्लाकाे बेलौरीमा युवा समासेवि एवं खेलाडी सुरज श्रेष्ठकाे अगुवाईमा खेल्ला ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुने भएको छ ।
स्वस्थ्य रहाै स्वास्थ रहन उत्प्रेरित गराै भन्ने अभियानका अभियान्ता समेत रहेका युवा समाजसेवि, उध्यमि एवं खेलाडि श्रेष्ठकाे अगुवाईमा बेलौरीको खेल मैदानमा कंचनपुर क्षेत्र नम्बर- १ भित्र स्थायी बसोबास गर्दै आएका व्यक्तिहरुको खेल क्षमता विस्तार गर्न ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएकाे आयोजकले जनाएकाे छ ।
यहि असोज २७ गतेदेखि २९ गते सम्म सञ्चालन हुने ब्याडमिन्टन प्रतियोगिता बेलौरी ब्याडमिन्टन क्लब र उग्रतारा बाल विद्यालयको संयुक्त आयोजनामा हुन लागेको क्लबका अध्यक्ष सुरज श्रेष्ठले कञ्चनपुर खबरलाई जानकारी दिनुभयो ।
प्रतियोगितामा विजेता टिमलाई ३० हजार पुरस्कार र उपविजेता हुने टिमलाई २० हजार नगद सहित प्रमाणपत्रको व्यवस्था राखिएको क्लवका अध्यक्ष श्रेष्ठले बताउनु भयो ।
बेलौरी नगरपालिका-४, वडा कार्यालयको मुख्य प्रायोजन रहेको उक्त प्रतियोगितामा सहभागी हुने खेलाडीलाई टिम दर्ता खुल्ला राखिएको आयोजकले जनाएको छ ।
यसरी केही बर्ष यता जिल्लाकाे दक्षिण भेगमा व्यटमेन्टन खेल तर्फ युवाहरूकाे आकर्षण बढन थालेकाे छ । यस्ता खेलका आयोजनाले खेल प्रती अझ आकर्षण थपिन खेल प्रेेमिहरूकाे भनाई रहेकाे छ ।

