थापाले आफ्ना प्रतिद्वन्दी चेतन कुमार राईलाई १९मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन । थापाले ७४ र राईले ५५मत पाएका थिए । उपाध्यक्षमा सुरेन्द्र चन्द निर्वाचित भएका छन । उनले आफ्ना प्रतिद्वन्दी दिलिप सिह बडाऐरलाई ३७मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन ।
महासचिव दिलिप बहादुर कुँवर निर्वाचित भएका छन । कुँवरले आफ्ना प्रतिद्वन्दी भुपेन्द्र सिह नागरीलाई २४ मतको अन्तरले हराउँदै महासचिवमा निर्वाचित भएका छन । कोषाध्यक्षमा कृष्ण प्रशाद जोशी निर्वाचित भएका छन ।
जोशीले आफ्ना प्रतिद्वन्दी बीर बहादुर बडुवाललाई २१मतको अन्तरले हराउँदै कोषाध्यक्षमा निर्वाचित भएका छन । जोशीले ७३ र बडुवालले ५२मत ल्याएका थिए । पहिलो पटक तीन दशकमा केन्द्रीय समितिको नेतृत्व दक्षिणी क्षेत्र बेलडाँडीमा गएको छ । सचिवमा यस अघि नै नरेन्द्र सिह धामी निर्बिरोध निर्वाचित भएका थिए ।
कुल १३२मतदाता रहेका छन । तीन दशकदेखि केन्द्रीय नेतृत्व जिल्लाको माथिल्लो भेगमा रहने गरेपनि यस पटक केन्द्रीय नेतृत्व दक्षिण भेगमा गएको छ । बेलडाँडी गाँउपालिका २ चवन्नीका स्थानीय समेत रहेका थापा राजनीतिकर्मी, संरक्षणकर्मी, किसान नेता एव समाजिक अगुवा हुन ।
डेढ दशकदेखि सिँचाई जल उपभोक्ता सघमा आबद्ध रहेका थापा टर्सरी अध्यक्षदेखि क्षेत्रीय समितिको नेतृत्व निर्वाह गरिसकेका छन । एसएचआर १÷२को अध्यक्ष भएका थापा ६ नम्बर ब्लक अध्यक्ष, महाकाली सिँचाई जल उपभोक्ता संघ द्वितिय चरण क्षेत्रीय समिति बेलडाँडीका अध्यक्ष भएका थिए ।
एक पटक दोस्रो चरणको अध्यक्षमा पराजित भएका थापा यस पटक केन्द्रीय अध्यक्षका लागि कस्सिएका छन । उनले आफु क्षेत्रीय समितिको अध्यक्ष हुँदा बेलडाँडी बेलौरीको सिमसार क्षेत्र हटाएको र अहिले पनि हटाउने योजना अघि सारेका छन ।
थापाले महाकाली सिँचाईको नहर प्रणाली सुधार गर्ने, सिँचार्ई प्रणालीलाई उत्कृष्ठ बनाउने, सिँचाईका सम्पूर्ण समस्या हटाउँदै किसानलाई सिँचाई सुविधा पु¥याउने योजना अघि सारेका छन । ‘मैले यस अघि गर्न बाँकी रहेका सिँचाई सुधारका अधुरा योजना अघि बढाउँछु, ‘उनले भने, ‘गड्डाचौकीदेखि बेलौरीसम्म सिँचाईका सम्पूर्ण समस्या समाधान गर्छु ।’

