महाकाली सिँचाई जल उपभोक्तासंघ केन्द्रीय समिति अध्यक्षमा भिम ब. थापाकाे उम्मेदवारी

मुख्य खवर राजनीति विशेष समाचार
शनिबार थापाले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन । बेलडाँडी गाँउपालिका २ चवन्नीका स्थानीय समेत रहेका थापा राजनीतिकर्मी, संरक्षणकर्मी, किसान नेता एव समाजिक अगुवा हुन ।डेढ दशकदेखि सिँचाई जल उपभोक्ता सघमा आबद्ध रहेका थापा टर्सरी अध्यक्षदेखि क्षेत्रीय समितिको नेतृत्व निर्वाह गरिसकेका छन ।

एसएचआर १/२को अध्यक्ष भएका थापा ६ नम्बर ब्लक अध्यक्ष, महाकाली सिँचाई जल उपभोक्ता संघ द्वितिय चरण क्षेत्रीय समिति बेलडाँडीका अध्यक्ष भएका थिए । एक पटक दोस्रो चरणको अध्यक्षमा पराजित भएका थापा यस पटक केन्द्रीय अध्यक्षका लागि कस्सिएका छन ।

उनले आफु क्षेत्रीय समितिको अध्यक्ष हुँदा बेलडाँडी बेलौरीको सिमसार क्षेत्र हटाएको र अहिले पनि हटाउने योजना अघि सारेका छन ।

थापाले महाकाली सिँचाईको नहर प्रणाली सुधार गर्ने, सिँचार्ई प्रणालीलाई उत्कृष्ठ बनाउने, सिँचाईका सम्पूर्ण समस्या हटाउँदै किसानलाई सिँचाई सुविधा पु¥याउने योजना अघि सारेका छन ।

‘मैले यस अघि गर्न बाँकी रहेका सिँचाई सुधारका अधुरा योजना अघि बढाउँछु, ‘उनले भने, ‘गड्डाचौकीदेखि बेलौरीसम्म सिँचाईका सम्पूर्ण समस्या समाधान गर्छु ।’ उम्मेदवारी दर्तासंगै उनी प्रचारप्रचारमा जुटेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *