दार्चुला समाजले ०७९ सालको वडादशैँको अवसर पारेर समेत शुभकामना आदान प्रदान गरेको छ । कार्यक्रममा दार्चुला थाकथलो भई कञ्चनपुरमा बस्दै आएका दार्चुलाबासीले दार्चुलाको लोक, संस्कृति, संस्कार परम्पार संरक्षणमा जोडदिएका छन ।
कार्यक्रममा समाजसेवी हरक सिह धामी, तारादत्त जोशी, मञ्जु गिरी, पिताम्बर जोशी, माधव जोशी सहितका दार्चुलाबासी अगुवाले दार्चुलाको लोक संस्कृति संस्कार परम्परा संरक्षणमा जोडदिदै आएका छन ।
दार्चुला समाज कञ्चनपुरको तदर्थ समितिका अध्यक्ष भीम साउदले दार्चुला मुलथलो भएका आम स्थानीयको समाजिक बृद्धि विकासका साथै समाजिक कार्यका लागि समाजले काम गर्ने बताए । अध्यक्ष साउदले जिल्लाका ९वटै पालिकाहरुमा समेत समाज विस्तार गरिने बताए ।

