बेलडाँडी अध्यक्ष राना तत्कालिन शिक्षक रहेका बखत २१ लाख भन्दा बढी आर्थिक अनियमितता, अहिले मासिक आधालाख बढि सुविधै-

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– बेलडाँडी गाउँपालिकाका अध्यक्षले ७० महिनामा २१ लाख भन्दा बढी आर्थिक अनियमितता गदै, पालिकाबाट मासिक आधा लाख भन्दा बढीको ब्याक्तिगत सेवा-सुविधा लिन थालेका छन् ।

बेलडाँडी गाउँपालिका अध्यक्ष एवं तत्कालिन शिक्षक हरिचन्द्र राना वडा नं.५ मा रहेको गणेश माध्यमिक विद्यालय भुर्षा मोहनपुरमा प्रावि राहत शिक्षक पेशामा कार्यरत भएकै बेला राजनितिक पावरका भरमा नेपाली कांग्रेसको १३औं महाधिवेशनमा कञ्चनपुर जिल्ला कार्य समिति सदस्यमा निर्वाचित भएका थिए ।

नियमानुसार कुनै पनि शिक्षकले सकृय राजनिति गर्न इच्छुक हुन्छ भने पदबाट राजिनामा दिने प्रावधान हुन्छ । कुनैपनि कर्मचारीले राजनितिक दलको सकृय सदस्य भई पार्टीको जिम्मेवार पदमा बसे अन्य ठाउँबाट तलब भक्ता खाने कानुनी प्रकृया छैन् ।

तर उनले राजनितिक शक्तीका भरमा शिक्षकबाट राजिनामा दिएनन् बल्की दोहोरा हाजिर भइराखे ।

त्यसपछि उनी नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कञ्चनपुर पार्टीको जिल्ला उप-सभापती भएर पाँच महिना सम्म राज्यको सेवासुविधा लिदै आए ।

स्थानीय चुनाव २०७९ को मुखैमा नेताको आर्शिवाद लिदै गाउँपालिका अध्यक्षको टिकट फिक्स गर्दै राजिनामा दिएर उनी चुनावमा होमिदै गाउँपालिका अध्यक्षमा निर्वाचित भए । सकृय राजनिति र शिक्षक पेशामा रहेकै बेला ५ बर्ष ५ महिनाको लगभग ३० हजारका दरले २१ लाख भन्दा बढी तलब बुझि खाई आर्थिक अनियमितता गरेको देखिन्छ ।

बेलडाँडी बासी र विद्यालयका अभिभावक सोझा-साझा भएको भरपुर फाइदा रानाले लिदै आएका छन् । उनले बेलडाँडी बासीको सोझो पनको फाइदा अझै लिने दाउँमा आन्तरिक आय श्रोत न्युन रहेको पालिकामा झण्डै आधा लाख भन्दा बढीको व्यक्तिगत सेवासुविधा लिइराखेका छन् ।

उनले केहि दिन पहिला बेलडाँडीमा आर्थिक अनियमितता रोक्ने भन्दै उदघोष गरेका थिए । प्रदेश सरकारले जनप्रतिनिधीहरुलाई विभिन्न शिर्षकमा सुविधा दिने कार्यविधिको समेत धज्जी उड्ने गरी सुविधा लिइराखेका छन् ।

यसरी राज्यलाई जालढाट गरी टाटपल्टाउने अध्यक्षले अहिले गाउँपालिका भित्र हुने आर्थिक अनियमिता रोक्छु भन्नू विरालो दुधको साक्षी बस्नु जस्तै हो ।

आन्तरिक आय स्रोत नभएको बेलडाँडी गाउँपालिका खुइलिने गरी सेवा सुविधा लिने अध्यक्षले पालिकालाई ५ बर्षमा कहाँ पुर्याउलान भन्दै स्थानीय वासिन्दा चिन्तित बनेका छन् ? चिन्तित मात्र होइन यस विषमा गम्भिर समेत बनेका छन् । स्थानीय बासी भन्छन् चुवनाका बेला टिकटको लागि यही फाइदा लिनको लागि मरिहत्ते गर्ने गर्दा रहेछन् ।

अहिले पालिका अध्यक्षले कार्यविधिले तोकेको भन्दा बढी सेवा सुविधा लिएको देखिन्छ । आर्थिक अनियमिता रोक्नेले आफ्ना केहि सेवा-सुविधा काटेर लागेको भए स्थानीयमा विश्वास हुने थियो । तर त्यसो उनले गरेनन् बल्की सुविधाहरु बढाए ।

प्रदेश सरकारले सेवा-सविधा कार्यविधि यस्तो पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले लिने सुविधाहरु राज्यले मिलाए अनुसार.

–बैठक भत्ता प्रति बैठक वाफत अध्यक्षले १ हजार, उपाध्यक्ष १ हजार, वडाध्यक्ष १ हजार र कार्यपालिका सदस्यले १ हजार ।

–टेलिफोन मोवाइल सेवा वाफत मासिक अध्यक्ष ६ हजार, उपाध्यक्ष ५ हजार, वडाध्यक्ष ३५ सय, कार्यपालिका सदस्य ३ हजार ।

–पुस्तक,पत्रपत्रिका,इन्टरनेट वाफत मासिक अध्यक्ष ५ हजार, उपाध्यक्ष ४ हजार ५ सय, वडाध्यक्ष ४ हजार, कार्यपालिका सदस्य ३ हजार ।

–समन्वय तथा सहजिकरण भत्ता मासिक अध्यक्ष ९ हजार, उपाध्यक्ष ७ हजार, वडाध्यक्ष ६ हजार र कार्यपालिका सदस्य ५ हजार ।

–अतिथि सत्कार मासिक अध्यक्ष १० हजार, उपाध्यक्ष ९ हजार, वडाअध्यक्ष ७ हजार ।

–स्वदेश भ्रमण भत्ता आफ्नो स्थानीय तह भन्दा बाहिर प्रतिदिन अध्यक्ष १६ सय, उपाध्यक्ष १६ सय, वडाध्यक्ष १२ सय, कार्यपालिका सदस्य १२ सय ।

–विदेश भ्रमण प्रतिदिन अमेरिकन डलर अध्यक्ष १५०डलर, उपाध्यक्ष १५० डलर, वडाध्यक्ष १२५डलर, कार्यपालिका सदस्य १२५ डलर ।

–सवारी साधन अध्यक्ष १ ।

–यातायात दुर्घटना विमा (सरकारी कामको सिलसिलामा) सबैलाई १०,१० लाखको ।

–खानेपानी विजुली वाफत मासिक अध्यक्ष ३५ सय, उपाध्यक्ष ३ हजार, वडाध्यक्ष २ हजार, कार्यपालिका सदस्य २ हजार ।

–चाडपर्व खर्च बार्षिक अध्यक्ष २५ हजार, उपाध्यक्ष २२ हजार ५ सय, वडाध्यक्ष १६ हजार, कार्यापालिका सदस्य ९ हजार ।

–यातायात खर्च मासिक अध्यक्ष १० हजार (सुविधाको सवारी साधन उपलब्ध नभएमा), उपाध्यक्ष ९ हजार (सरकारी सवारी साधन उपलब्ध नभएमा), वडाध्यक्ष २ हजार (सरकारी सवारी साधन उपलब्ध नभएमा) ।

यातायात खर्च १० हजार भनेपनि बेलडाँडीमा ३० हजार भन्दा बढी डिजल खपत हुनेगरेको श्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *