महाकाली सिँचाई प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा भट्ट निर्वाचित

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– महाकाली सिँचाई प्रणाली जल उपभोक्ता संघ प्रथम चरण क्षेत्रीय समितिको अध्यक्षमा गंगादत्त भट्ट निर्वाचन भएका छन ।

भट्टले आफ्ना प्रत्यासी अशोक बहादुर साउदलाई १६मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । ६०मत खसेका थिए र जसमध्ये २मत बदर भएका थिए ।

पुर्व नेवि संघ विद्यार्थी नेता समेत रहेका भट्टले सिँचाईमा निर्वाचित भएसंगै सिँचाईसंग सम्बन्धीत सबै समस्या समाधान गर्ने प्रतिबद्धता जाहेर गरेका छन ।

अध्यक्ष भट्टले सिँचाईका अधुरा काम गर्ने, सिँचाई नपुगेका स्थानमा पुगाउने, समितिलाई पारदर्शी बनाउने बताए । उनले आफुलाई अध्यक्षको जिम्मेबारीमा प्रत्यक्ष तथा आप्रत्यक्ष सहयोग गर्ने महानुभावप्रति आभार प्रकट गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *