महाकाली सिचाँई द्वितीय चरण क्षेत्रीय समिति अध्यक्षमा काँग्रेसका कुवँर र उपाध्यक्षमा एमालेका चाैधरी

मुख्य खवर राजनीति विशेष समाचार
कञ्चनपुर– महाकाली सिचाँई जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समितिको अध्यक्षमा गाेपाल सिंह कुवँर र उपाध्यक्षमा हिरालाल चाैधरी निर्वाचित भएका छन् ।
महाकाली सिचाँई जल उपभोक्ता संघ द्वितीय चरण क्षेत्रीय समितिको दुई पद पद अध्यक्ष र उपाध्यक्षका लागि आज भएको निर्वाचनमा पाँचदलिय गठवन्धनलाई हराउदै अध्यक्षमा काँग्रेस निकट गोपाल कुंवर निर्वाचित भएका हुन । भने उपाध्यक्षमा एमाले निकट हिरालाल चौधरी विजयी भएका छन् ।
अध्यक्षमा कुवँरले ३४ मत प्राप्त गर्दै आफ्ना प्रतिद्धन्दी हर्कदेव जोशीलाई १४ मतको अन्तरले पछि पार्दै विजयी भएका हुन । जोशीले २० मत प्राप्त गरेका हुन ।
यस्तै उपाध्यक्षमा हिरालाल चौधरीले ३७ मत ल्याउदै २१ मत अन्तरले पछि पार्दै भट्टलाई पराजित गरेका हुन् । भट्टले १६ मत प्राप्त गरेका थिए ।

जोशी र कुवँर दुवै नेपाली काँग्रेस निकट हुन । तर काँग्रेसले हुईप जारी गर्दै  जोशीलाई मतदान गर्न भनेकाे थियाे । यस्तै जाेशिलाई ५ दलिय गठवन्धनको साथ थियो ।  भने कुवँरलाई एमालेले बलियाे साथ दिएकाे थियाे ।

यस्तै उपाध्यक्षमा खेमराज भट्टलाई पाचदलिय गठवन्धनको साथ थियो ,भने चौधरी एमाले निकट आधिकारीक उम्मेदवार थिए ।

निर्वाचित बनेका अध्यक्ष कुवँरले सिचाँईका हरेका कार्यमा सबैकाे साथ सहयाेग लिएर जनमुखि काम गर्ने प्रतिबद्वता जाहेर गरेका छन् ।

कुल मतदाता ५६ जना थिए र ५६ जनाले नै ११ बजे भित्रै मतदान गरिस केपछि लगत्तै मतगणन शुरु गरेको थियो । निर्वाचन महाकाली सिचाई द्वितीय चरण क्षेत्रीय कार्य समितिकाे कार्यालयमा सम्पन्न भएकाे हाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *