असाेज ८ गते महेन्द्रनगरमा दार्चुला समाजकाे भेला,, दशै तिहारकाे अवसरमा शुभकामना शुभकामना आदान प्रदान कार्यक्रम

मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर- आउँदो शनिबार कञ्चनपुरको महेन्द्रनगरमा दार्चुला समाजको भेला हुने भएको छ । शनिबार(असोज ८) गते महेन्द्रनगरमा दार्चुला समाज कञ्चनपुरको भेला हुने भएको हो ।

दार्चुला समाज कञ्चनपुरको तदर्थ समितिको बैठकबाट जिल्ला भेला तथा दशौँ, तिहारको अवसरमा शुभकामना आदान प्रदान गर्ने निर्णय गरिएको छ ।

दार्चुला समाज कञ्चनपुर तदर्थ समितिका संयोजक भीम बहादुर साउँदको अध्यक्षमा बसेको बैठकले बिहान ११ बजेतिर महेन्द्रनगरको भानु पार्टी प्यालेसमा भेला तथा शुभकामना आदान प्रदान गर्ने निर्णय भएको हो ।

भेला तथा शुभकाममा आदान प्रदान कार्यक्रममा सहभागिताका लागि दार्चुला समाजले दार्चुला मुल थाले भई कञ्चनपुरभरी बसोबास गर्दै आएका आम दार्चुलाबासीलाई उपस्थितिका लागि आब्हन गरिएको छ ।

दार्चुला समाज कञ्चनपुरले दार्चुला सहित सुदूरपश्चिमभरी वाढीपहिरोका घटनामा दुख व्यक्त गर्दै पीडितको उद्दार, राहत क्षतिपूर्तिका लागि समेत सरकारको ध्यानाकर्षण गराएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *