महाकाली सिचाँई द्वितीय चरण: ब्लक- ६ काे उपाध्यक्ष र क्षेत्रीय प्रतिनिधीका लागि निर्वाचन जारी

मुख्य खवर राजनीति विशेष समाचार
रमेश प्रसाद भट्ट/ कञ्चनपुर-  महाकाली सिचाँई जल उपभोक्ता संघ ब्लक न.- ६ बेलडाँडीमा दुई पदका लागि अहिले निर्वाचन  जारी छ ।

ब्लक-६ मा अन्य सबै पदमा सर्व सम्मत भएपनि दुई पद उपाध्यक्ष र क्षेत्रिय प्रतिनिधीका लागि निर्वाचन भईरहेकाे हाे ।

आज विहान ८ बजे देखि निर्वाचन शुरू भएकाे निर्वाचन  संयोजक सचिन कठायतले कञ्चनपुर खबरलाई जानकारी दिनु भयो ।

याे समाचार तयार पार्दा सम्म जम्मा १ सय त्रिपन्न मत खसेकाे निर्वाचन संयाेजक कठायतले बताए । जम्मा २ सय दस मतदाता रहेकाे रहेका छन् ।

ब्लक उपाध्यक्ष पदका लागि डम्मरलाल राना, रतन सिंह खडाका उम्मेदवार रहेका छन् भने क्षेत्रीय प्रतिनिधीका लागि खेमराज भट्ट, हर्कदेव जोशी र पुष्पकमल पण्डित वीच प्रतिस्पर्धा हुदैछ । जसमा २ जना मात्र चुनिने छन् ।

एमाले एक्लै चुनाव लडदै छ, भने काँग्रेस र माओवादी केन्द्र एक भएर चुनावमा हुमिएका हुन । उपाध्यक्षमा राना काँग्रेस निकट हुन भने खडका एमाले निकट हुन ।

यस्तै क्षेत्रीय प्रतिनिधिमा भट्ट र जाेशि काँग्रेस निकट हुन भने पण्डित एमाले निकट हुन ।

ब्लक नं. ६ मा ७० टर्शरी छन् । जसमा अध्यक्ष, महासचिव र महिला प्रतिनिधीले मतदान गर्ने छन्  ।

द्धितिय चरण क्षेत्रिय समितिको कार्यालयमा  निर्वाचन भईरहेकाे छ । निर्वाचन दिउसाे ३ बजे सम्म मतदानकाे समय रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *