बेलाैरीबाट लागू औषध (खैराे हिराेईन) सहितत दुई जाना पक्राउ

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर– बेलौरी नगरपालिकाबाट प्रहरीले लागु औषध सहित दुई जनालाई पक्राउ गरेको छ ।

सोमबार साझतिर बेलौरी-२  बैजुडाडाबाट माेटरसाईकलमा सवार दुई जनालाई लागू औषध खैराे हिराेईन सहित दुई जनालाई पक्राउ गरेकाे  कञ्चनपुर प्रहरीले जनाएकाे छ ।

से ७ प ४४११ नम्बरको मोटरसाइकल सहित दुई जनालाई शङ्का लागी चेकजाँच गर्दा २१.९९ ग्राम लागु औषध (खैरो हेरोइन) फेला पारी बरामद गरिएको बेलाैरी प्रहरीले जनकारि दिएकाे छ ।

पक्राउ पर्नेमा कैलालीकाे गोदावरी नगरपालिका- ५ गेटा बस्ने ३० वर्षीय मदन बहादुर चन्दले चलाएको मोटरसाइकलको पछाडि सवार गोदावरी नगरपालिका- ६ बडेहा बस्ने २९ वर्षीय सागर रावतले माथिल्लो शरीरमा लगाएको हरियो रङ्गको ज्याकेटको दाहिने बाहुला भित्र कालो रङ्गको प्लाष्टिकको थैली भित्र ६ वटा पोका पारी लुकाई छिपाई लागु औषध राखी ओसारपसार गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरिएकाे ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरी निरिक्षक भण्डारीले बताए । बैसाख यता लागू औषध काराेवारी पक्राउ पर्नेकाे संख्या केही कम भएकाे उनले बताए । बर्खायामकाे समयमा सिमानाका क्षेत्रमा बाटाे राम्रो नएकाले पनि कमि आएकाे हुन सक्ने उनकाे भनाई छ ।

प्रहरी निरक्षक भण्डारीले भने अब चाड बााडका समयमा बढि जसाे ओसारपसार हुने सम्भावना हुन्छ, हामिले त्यहि अनुसारकाे सुरक्षा चेक जाँजमा कडाईकाे तयारी गरिएकाे बताउनु भयाे ।

यसरी भारतिय खुल्ला सिमानाका संग जाेडिएका स्थानमा जिल्लाकाे दक्षिणी भेगमा लागू औषध काराेवारी र प्रयाेगकर्ताकाे संख्या बढदै गएकाे पाईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *