कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको एक सामुदायिक विद्यालयमा राहत शिक्षक भर्नाकाे विषयगत परिक्षाकाे नतिजा शून्य आएकाे छ ।
बेलडाँडी गाँउपालिका-५ मोहनपुर भुर्षामा रहेको गणेश माविमा प्राथमिक तहको राहत शिक्षक भर्नामा विहिबार पहिलाे वस्तुगत परिक्षामा धाँधली भएकाे भन्दै पुन: परिक्षाकाे माग गर्दै विराेध भएकाे थियाे । शुक्रबार भएकाे विषयगत परिक्षामा काेहि पास नभएपछि नतिजा शून्य आएकाे हाे ।
शुक्रबार साझ विद्यालयका प्रअ जनक बहादुर थापाद्वारा हस्ताक्षरित एक सुचना जारी गर्दै विषयगत परिक्षामा काेहि पनि सफल हुन नसकेकाे जनाएकाे छ ।
पहिलाे वस्तुगत परिक्षामा एक जना मात्र लालझाडी-५ कि देवकि कुमारी जाेशि पास भएकि थिईन । उक्त परिक्षामा धाधली भएकाे भन्दै परीक्षार्थीले पुन: परीक्षा गरिनु पर्ने माग सहित व्यवस्थापन समिति अध्यक्ष नन्द किशाेर एसकेलाई निवेदन दिएका थिए ।
त्यस पश्चात् परिक्षार्थीकाे भने अनुसार पुन: परीक्षा नगरी समितिले विषयगत परीक्षा गरिने निर्णयमा गएकाे थियाे ।
महेन्द्रनगरकाे शिक्षक तालिम केन्द्रकाे सभा कक्षमा ३० भदौँ बिहान ९ हुने भनिएको परीक्षा ११ः४५ देखि शुरु गरेर परिक्षामा चलखेल समेत गरेकाे परिक्षार्थिहरूकाे आराेप रहेकाे थियाे ।
कुल १२ जनाले आवेदन दिएका थिए । परिक्षामा ८ मात्रै उपस्थिति भएका थिए । पहिलो बस्तुगत परीक्षामै एक जनामात्र उम्मेदवार उर्तिण गराएपछि परीक्षामा सहभागि अन्यले सेटिङ्ग गरेको भन्दै बिरोध जनाएर पुन: परीक्षाको माग अघि समेत सारेका थिए ।
विद्यालयले शिक्षक छनौटका लागि कृष्ण बहादुर कुँवर र दुर्गा देउवालाई विज्ञका रुपमा समितिले राखेको थियाे । समितिले परिक्षामा भने जस्ताे धाधलि नभएकाे दावि गरेका थिए ।
देवीलाल जोशी र भागरती भट्टले विद्यालय व्यवस्थापन समितिलाई निवेदन दिदै प्रशिक्षार्थीको बदनियत पुर्वक अनउर्तिण गर्ने कार्यप्रति खेद प्रकट गर्दै पुन: निष्पक्ष, धाँधली रहित परीक्षाको माग अघि सारेका थिए ।
षड्यन्त्रपुवर्क शिक्षक भर्ना गर्न खोजिएको भन्दै उनीहरुले छानबिनको माग अघि सार्दै विराेध जनाएका थिए ।
परिक्षामा प्रश्न पत्र हस्तलिखित बनाएकाे, परिक्षामा गर्न मिल्ने र नमिल्ने बारेकाे कुनै पनि जानकारी नगराएकाे, निर्धारित समय भन्दा झण्डै ३ घण्टा ढिला गरि परिक्षा शुरू गरेकाे, परिक्षार्थिले छाडेका प्रश्न पत्रमा गलत उत्तर लगाएकाे, बदनियत पुर्वक परिक्षा गरेकाे लगायतका आराेप परिक्षार्थीले लगाउदै पुन: निष्पक्ष परीक्षा गरिनु पर्ने माग अघि सारेका थिए ।
यस विषयमा विभिन्न सञ्चार माध्यममा साामाचार प्रकाशित समेत भएकाे थियाे ।


