बेलडाँडीको गणेश माविमा शिक्षक भर्नामा धाँधली,, पुन: परिक्षाकाे माग गर्दै अध्यक्षलाई ज्ञापन

Uncategorized मुख्य खवर राजनीति विशेष समाचार

कञ्चनपुर– कञ्चनपुरको बेलडाँडी गाँउपालिकामा रहेको एक सामुदायिक विद्यालयमा राहत शिक्षक भर्नामा धाँधली गरेको भन्दै आवेदकले पुन: परीक्षाको माग अघि सारेका छन ।

बेलडाँडी गाँउपालिका ५ मोहनपुर भुर्षामा रहेको गणेश माविमा प्राथमिक तहको राहत शिक्षक भर्नामा धाँधली भएको हाे ।

धादली परीक्षा पुन: गरिनु पर्ने माग सहित व्यवस्थापन समिति अध्यक्ष नन्द किशाेर एसकेलाई निवेदन समेत दिएका छन् ।

बेलडाँडी गाँउपालिका शिक्षा शाखा प्रमुख एवं विद्यालय निरीक्षक भानुभक्त जोशीले आफन्त ल्याउनका लागि अर्का एमाले निकट शिक्षककै आफन्तलाई भर्ना गराउनका लागि विज्ञको सेटिङ्ग गराएर बस्तुगत परीक्षामा एकजना मात्रै उर्तिण गरेकाे भन्दै आवेदकले बिरोध गरेका छन ।

गाँउमा परीक्षा गराउँदा सेटिङ्ग भत्किने भन्दै महेन्द्रनगरमा परीक्षा केन्द्र तोकिएको थियो । ३० भदौँ बिहान ९ हुने भनिएको परीक्षा ११ः४५ देखि शुरु गरेपछि गरेर चलखेल समेत गरेकाे परिक्षार्थिहरूले आराेप रहेकाे छ ।

कुल १२ जनाले आवेदन दिएका थिए । परिक्षामा ८ मात्रै उपस्थिति भएका थिए । पहिलो बस्तुगत परीक्षामै एकमात्र उम्मेदवार उर्तिण गराएपछि परीक्षामा सहभागि अन्यले सेटिङ्ग गरेको भन्दै बिरोध जनाएर पुन: परीक्षाको माग अघि सारेका छन ।

विद्यालयले शिक्षक छनौटका लागि कृष्ण बहादुर कुँवर र दुर्गा देउवालाई विज्ञका रुपमा राखेको छ । आवेदक देवीलाल जोशीले आफ्नो उत्तरपुस्तिका समेत रद्द गरेको बताए । ‘मेरो त कपि नै चेक भएन, ‘उनले भने, ‘यतिसम धाँधली सेटिङ्ग चलखेल हुँदा समेत कोही निकाय बोलेनन्।’ कुमारी भागरथी भट्टले आफ्ना मान्छेलाई उर्तिण गराउने उदेश्यले अन्यलाई अनेकन बहानाबाजी गराएर अनुतिर्ण गरेको बताईन ।

‘तोकिएको समयमा परीक्षा भएन, ‘उनले भनिन, ‘विद्यालयदेखि गाँउपालिका विनीको समेत मोलोमतो रह्यो ।’ कतै नाता कतै पार्टी र आफन्तका आधारमा षड्यन्त्रपुवर्क शिक्षक भर्ना गर्न खोजिएको भन्दै उनीहरुले छानबिनको माग अघि सारेका छन ।

सेटिङ्गमा प्रश्नपत्र बनाएको आरोप लगाउँदै आर्थिक लेनदेनदेखि ठुलै चलखेल भएकाले पुन: परीक्षा हुनुपर्ने माग अघि सारेका छन ।

देवीलाल जोशी र भागरती भट्टले विद्यालय व्यवस्थापन समितिलाई निवेदन दिदै विभिन्न किसिमका चलखेल, परीक्षार्थीलाई द्विविधा हुनेगरी उतरपुस्तिका रद्द र केही प्रशिक्षार्थीको बदनियत पुर्वक अनुर्णिय गर्ने कार्यप्रति खेद प्रकट गर्दै पुन निष्पक्ष, धाँधली रहित परीक्षाको माग अघि सारेका छन ।

विद्यालयका प्रअ जनक थापाले परीक्षामा कुनैपनि किसिमका चलखेल नभएको बताए । उनले ८ उपस्थित प्रशिक्षार्थी मध्ये १ जनाले मात्रै ५० नम्बर ल्याएर र दोस्रो परिक्षामा ४० ल्याउनुपर्ने हुने बताए ।

‘अहिले रिजल्ट नै फाईनल भएको छैन, ‘उनले भने, ‘ केही अनुतिर्ण प्रशिक्षार्थीबाट बिरोध आयो ।’ बेलडाँडी गाँउपालिका शिक्षा शाखा प्रमुख एव विद्यालय निरीक्षक भानुभक्त जोशीले आफुले सेटिङ्ग गरेको प्रमाण ल्याए कार्बाही भोक्न तयार रहेको बताएका छन ।

परिक्षामा प्रश्न पत्र हस्तलिखित बनाएकाे, परिक्षामा गर्न मिल्ने र नमिल्ने बारेकाे कुनै पनि जानकारी नगराएकाे, निर्धारित समय भन्दा झण्डै ३ घण्टा ढिला गरि परिक्षा शुरू गरेकाे, परिक्षार्थिले छाडेका प्रश्न पत्रमा गलत उत्तर लगाएकाे, बदनियत पुर्वक परिक्षा गरेकाे लगायतका आराेप परिक्षार्थिले लगाउदै पुन: निष्पक्ष परीक्षा गरिनु गर्ने माग गरेका छन् ।

उर्तिण गराएका उम्मेदवार विनी जोशीकै आफन्त भएको भन्दै अन्य प्रशिक्षार्थीले बिनीको घोर बिरोध गर्दे निष्पक्ष परिक्षा हुनु पर्ने बताएका छन् ।

सामुदायिक विद्यालयमा शिक्षक भर्नामा आर्थिक, राजनीतिक एव आफन्तका आधारमा विद्यालयदेखि गाँउपालिका शिक्षा शाखा लगायतको सेटिङ्ग भएको हुँदा अख्तियार, अदालतमा जाने असफल भएका प्रशिक्षार्थीले चेतावनी दिएका छन ।

प्रशिक्षार्थीका अभिभावकले समेत समान्य आधारभूत तह राहत शिक्षक भर्नामा समेत अनियमितता कार्यबाट विद्यालयको शैक्षिक गुणस्तर खस्किने भएकाले विद्यार्थीप्रति खेलवार्ड नगर्न आग्रह गर्दै विद्यालयमा आन्दोलनको चेतावनी दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *