कञ्चनपुर– केन्द्रमा सत्तारुढ गठबन्धनको सीट बाडफाँटकाे विषयले टुंगो पाएकाे छ । सिट बाडफाँड कार्यदलमा गरिएको भागबण्डामा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर- १ नेकपा माओवादी केन्द्रले लिने सहमति जुटेको हाे ।
गठबन्धनका तर्फबाट आगामी मंसिर ४ गते सम्पन्न हुने निर्वाचनमा कञ्चनपुर क्षेत्र नम्बर-१ बाट पूर्व खानेपानी मन्त्री बिना मगर फेरि उम्मेदवार भएर चुनाव लडने भएकि हुन ।
सत्तारुढ गठबन्धनले देशभरका ११० सीटको भागबण्डा टुङ्गो लगाउँदा कञ्चनपुर १ माओवादीको भागमा परेको सिटबाडफाँड कार्यदल समितिले जनाएकाे छ ।
कञ्चनपुर-१ मा नेकपा माअाेवादि केन्द्रबाट हालका सासंद समेत रहेका पुर्व मन्त्री विना मगर पार्टीबाट एकल रुपमा सिफारिस समेत भएकी छन् ।
पुर्व मन्त्री मगर यश अघि २०७४ मा एमाले संगकाे गठबन्धनबाट चुनाव लडेर अत्याधिक मतका साथ प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी थिइन ।
यसरी हेर्दा गठबन्धन भई चुनाव लडदा सांसद एवं पुर्व मन्त्री मगरकाे पक्षमा जनलहर उतिकै देखिएकाे पाईन्छ ।
तर यता काँग्रेसबाट संविधान सभा सदस्य दिवान सिह विष्ट पनि प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि पार्टीबाट सिफारिस भएका छन् ।
केन्द्रबाटनै आगामि निर्वाचनमा उम्मेदवारकाे बारेमा टुंगो लगाउने सहमति भए संगै पार्टीकाे निर्णयलाई मान्नु पर्ने अवस्था रहेकाे देखिन्छ । केन्द्रमा काँग्रेस माअाेवादि लगायत ५ दलले गठबन्धन गरेका छन् ।

