बेलडाँडी गाउँपालिकामा जग्गा नाप जाँच कार्य शुरू

मुख्य खवर राजनीति विशेष समाचार

रमेश प्रसाद भट्ट/कञ्चनपुर- कञ्चनपुरको बेलडाँडीमा जग्गा नाप नक्साको काम सुरु भएको छ ।भूमिहीन दलित , सुकुम्वासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गा धनी बनाउन नाप नक्साको काम बुधबारदेखि सुरु भएको हो ।

पालिकाका अध्यक्ष हरिश्चन्द्र राना, उपाध्यक्ष शान्ति नाथले बुधबार एक कार्यक्रमका बिच पालिकाको वडा नम्बर २ स्थित बेलडाँडीमा भूमिहीन दलित,भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीका लागि जग्गा नाप नक्सा गर्ने कार्यको शुभारम्भ गरेका हुन ।

पालिका भित्रका भूमिहीनहरुलाई जग्गा धनी बनाउन जग्गा नाप नक्साको कार्य शुभारम्भ गरिएको बेलडाँडी गाउँ पालिकाकाले जनाएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *